अस्पतालबाट निस्कने फोहोर सबैभन्दा बढी रोगजन्य हुने भएकाले तिनको समयभित्रै र उचित किसिमले व्यवस्थापन हुन नसके रोगहरू निकै छिटो फैलने भन्दै जनस्वास्थ्यविद्ले चिन्ता जाहेर गरेपछि यसका ’boutमा गम्भीरतापूर्वक सोच्नु जरुरी भएको छ । सहरका गल्ली तथा चोकमा थुपारिएका फोहोरमा अस्पतालका फोहोर पनि मिसिएका हुनाले यी फोहोर बढी संक्रामक हुन्छन् । यिनमा जैविक फोहोर हुनुका साथै रोगको पहिचान र उपचारमा प्रयोग गरिएका सामानहरू पनि त्यसै रहेका हुन्छन् । सहरमा फोहोर व्यवस्थापनमा ढिलाइ हुने र धेरै दिनपछि मात्र फोहोर उठाइने भएकाले त्यति बेलासम्म ती फोहोर राखिएको ठाउँ ’round दुर्गन्ध फैलनुका साथै संक्रामक रोगका किटाणु पनि फैलिइसकेका हुन्छन् । स्वास्थ्य सेवाजन्य फोहोरमैला व्यवस्थापन कार्यमा प्रभावकारिता नआउँदासम्म यो समस्या ठीक ढंगले हल हुन गाह्रो छ । अस्पतालका फोहोरको उचित व्यवस्थापन हुन नसक्दा अस्पताल बिरामीको सेवा गर्ने थलो हो वा रोग विस्तार गर्ने थलो यसको निर्णय हुन गाह्रो छ ।
हाल सहर बजार र ग्रामीण इलाकामा फैलिइरहेका स्वास्थ्य सेवा केन्द्र, मेडिकल सेन्टर, नर्सिङ होम र अस्पतालसँगै स्वास्थ्य सेवाबाट उत्पन्न हुने फोहोर व्यवस्थापन उचित समयमा र उचित ठाउँमा व्यवस्थापन गरिनुपर्ने अनिवार्यता जरुरी हुन आएको छ । नेपालमा स्वास्थ्य सेवा दिन थालिएको लामो समय भए पनि यसको उचित व्यवस्थापन हुन सकिरहेको छैन । सरकारी अस्पतालले फोहोर वर्गीकरण नगरेको, ओपीडीअघि नै संकलन गर्ने गरेको, लामो समयसम्म संक्रमित फोहोर एकै ठाउँ भण्डारण गरेको पाइन्छ । राजधानीका ठूला सरकारी अस्पतालमध्ये वीर, ट्रमा सेन्टर, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग तथा कीर्तिपुर अस्पतालमा पनि यो समस्या ज्युँका त्युँ रहेको छ । अस्पताल जीवन दिने सार्वजनिक स्थल हो । तर, पनि यसले अस्पतालबाट निस्कने बाइप्रोडक्टको उचित व्यवस्थापन गर्न नसक्दा यो आफैंमा रोगको घर त बनिरहेको छैन भन्ने प्रश्न उठाउने ठाउँ दिइरहेको छ । यस्ता जीवन दिने संस्थाहरूमा के कुराले जीवन लिन्छ भन्ने कुराको हेक्का नहुने कुरै छैन । तथापि, ती कुरामा लापर्बाही गरी उचित ध्यान नदिनाले त्यसैले अस्पतालमा पुगेका निरोगी मानिसलाई पनि संक्रमित गराउन सक्छ । जीवन दिने संस्था आफैंमा रोगको घर हुन पुगेमा त्योभन्दा बढी दुःखको कुरा अरु के नै पो हुन सक्छ र ?
त्यसैले, पनि अस्पतालमा जत्तिको लगानी जीवनदायिनी कुराहरूमा गरिन्छ, त्यत्तिकै सोेच, विचार र लगानी फोहोर व्यवस्थापनमा गर्नु जरुरी हन्छ । यो भनेको जीवनलाई रोगमुक्त मात्र होइन, संक्रमण मुक्त गराउनु पनि हो । यसका लागि उचित स्थानमा फोहोर संकलनका सामान राख्ने, निस्चित समयमा यिनको सरसफाइ गर्ने, भाँडा राम्रो गरी सफा गर्ने, स्यानिटाइजरको उचित प्रयोग गर्ने, अस्पतालका फोहोर व्यवस्थापनका लागि छुट्टै बाहनहरूको प्रयोग गर्ने आदि कार्यलाई प्राथमिकतामा राखिनुपर्छ । यसै कुरालाई मध्यनजर गरक्ती पछिल्लो चरणमा अटोकेलेभिङ विधि र उपकरण प्रयोगमा ल्याउन थालिएको छ । स्वास्थ्य फोहोर व्यवस्थापनका लागि अटोकेलेभिङ गरेपश्चात् कुहिने र नकुहिने वस्तु छुट्याएर व्यवस्थापन गर्न सजिलो हुन गएको देखिन्छ । अस्पताल क्लिनिक, फार्मेसी, औषधि पसल, ब्लड बैंक, प्याथोलोजिकल प्रयोगशाला, अरू स्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्कासन हुने हानिकारक फोहोरमैलाको समयमै उचित व्यवस्थापन भए समाज संक्रामक रोगबाट मु हुन सक्छ ।






