Friday, September 24, 2021
Your Ads Here
HomeBreaking Newsप्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा पुगेको हो : उपप्रधानमन्त्री

प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा पुगेको हो : उपप्रधानमन्त्री

,
sharethis

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताएका छन् ।

उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताए ।

मजदूर विशेष जिल्ला कमिटीले यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालई सम्बोधन गर्दै पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको उल्लेख गरे । ‘प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लङ्घन गर्दै आउनुभएको हो’, उनले भने, ‘एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर जान पुग्यो ।’

उनले आफूहरु अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढङ्गले जवाफ दिन तयार रहेको चेतवानी दिए । प्रम ओलीले राम्रा काम अघि सार्दा आफूहरु पछि पर्ने डरले प्रचण्ड–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उनको आरोप छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढता पूर्वक उभिदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण काम गर्दा सो समूहलाई असह्य भएको बताए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रचण्ड–नेपाल समूहले पार्टी र सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दा संसद् विघटनको अवस्था सिर्जना भएको बताए । उनले प्रतिपक्षले भन्दा पार्टीभित्रबाटै विरोध हुँदा सरकार सञ्चालनमा समस्या सिर्जना भएको उल्लेख गरे । रासस

तपाइको प्रतिक्रिया

(Visited 222 times, 1 visits today)

आजको समाचार

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

साताका लोकप्रिय समाचार

काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने

काठमाडौँ । सरकारले काठमाडौँमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिने भएको छ । असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

बिक्री हुदैन संस्थानको चामल

बझाङ । बजारका पसलहरु भन्दा नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलको मुल्य कम भए पनि संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ । बजारका...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का

  काठमाडौं । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मानप...

ट्रेन्डिङ

आज नाग पञ्चमी पर्व

ललितपुर । घरका ढोकामा नागचित्र टाँसेर पूजाआजा गर्दै आज नागपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीमा नागपञ्चमी मनाउने गरिन्छ । यसदिन...

राति १२ बजे धौलिगंगा बाँध खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)