काठमाडौं । टोखा नगरपालिका– ९ दिपज्योतीमा सुर्खेत गुरुवाकोट नगरपालिका–६ घर भएका एक पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको छ ।
ती पुरुष समेत २ जनालाई ४/५ जनाको समूहमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरी घाइते बनाई उनको साथमा रहेको मोबाइल लुटपाट गरी भागेका थिए ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको जनाएको छ । चक्कु प्रहारबाट घाइते भएका उनीहरुको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)






