विश्वकप लिग २ : २४ ओभरमै ओमानको ५ विकेट झ-यो

काठमाडौं । आईसीसीबाट चारवर्षका लागि एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय सिरिज खेलिरहेको छ । आईसीसी विश्वकप लिग २ का लागि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुर मैदानमा बुधबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । ताजा स्थितिमा ओमानले ५ विकेट गुमाएर ६८ रन बनाएको छ । नेपालको तर्फबाट करण केसी र सुसन भारीले दुई दुई विकेट लिए भने एक खेलाडी रनआउट भए ।
ओमानका लागि जेसन मसुदले २० रन बनाउन सके भने यक्युब लिआजले १६ तथा महम्मद नविमले १२ रनको योगदान दिए ।
त्यसयता नेपालले आधिकारिक ५० ओभरको क्रिकेट खेलेको छैन । नेपालले एक दिवसीय क्रिकेटको पछिल्लो सात बर्षमा ओमानलाई पराजित गर्न सकेको छैन् । कीर्तिपुर मैदानमा हुने सिरिजमा नेपालले ओमान र अमेरिकासंग दुई दुई वटा खेल खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण