काठमाडौं । विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले यतिबेला ओमानको सामना गरिरहेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले १ सय ९८ रनको लक्ष्य पाएको छ । निर्धारित ओभरमा ओमानले ९ विकेट गुमाएर १ सय ९७ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद नादिम अन्तिम समयसम्म टिकेर ६९ रनको योगदान दिए । त्यसपछि सन्दीप गौदले ३३ र नसमि खुशीले २८ रनको योगदान दिएका थिए ।
एक समय २५ ओभरमा ५ विकेट गुमाएर ५५ रनको स्थितिमा रहेको ओमानको टोलीलाई मध्यक्रमका ब्याटसम्यान मोहम्मद नदिमले सम्मानितर स्कोरतर्फ अगाडि बढाएका थिए ।
नेपालका लागि करण केसीले ४ विकेट लिए, त्यसैगरी सुसन भारीले ३ तथा दीपेन्द्र ऐरले १ विकेट लिएका थिए । ओमानका लागि सुसन भारी महँगा सावित भए । उनको १० ओभरको स्पेलमा मात्र १४ रन खर्चेर ३ विकेट आफ्नो नाममा पारे ।
तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)