जुम्लामा हिमपात : कृषकलाई लाभ, जनजीवन कष्टकर

फाइल तस्वीर

जुम्ला । जुम्लामा वर्षासँगै हिमपात भएको छ । बिहिबार बेलुका साँझ ८ बजेबाट सुरु भएको हिमपात शनिबारसम्म पनि रोकिने र हिउँ पर्ने क्रम जारी छ । लामो खडेरी पछि वर्षासँगै हिमपात भएपछि किसानहरु हर्षित भएका छन् । स्याउ, ओखर लगायत हिउँदे बाली सप्रने आशाले कृषकमा खुशियाली छाएको हो ।

‘गहुँ, जौं खडेरीले सुक्न लागेको बेलामौसमले साथदियो, अवहिउदेबाली सँगै स्याउओखरलाई सिंचाई पुग्ने भयो,’ तातोपानी गाउँपालिका वडा ७ का विरजिते रावतले भने । जुम्ला सदरमुकाम खलंगामा बर्षा बढी हिमपात कम भएको छ, ग्रामिण भेगमा भने भारि हिमपात भएको छ । हिमपात पछि जुम्लाको जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालयकाअनुसार अहिले जुम्लाको तापक्रम माईनस १ डिग्रि सेल्सियसमा झरेको छ । यसपालीको हिमपातले भेडाबाख्राका लागि उजाड देखिने चरण क्षेत्रमा हरियो घाँस र पालुवा पलाउन समेत मद्धत पुग्ने सिंंजा गाउँपालिका वडा नम्वर ६ भाडगाउँका भेडापालक धनबहादुर रावतले बताए । ‘यसपाली को हिमपातले अव छिट्टै हरियो पलाउन सुरु हुन्छ, हामीगोठालाका लागि फाईदा नै छ, तर एक साता सम्मजँगल थुनिन्छ, भेडाबाख्रा चराउनमुस्किल त हुन्छ नै,’ उनले भने । स्याउका विरुवा रोप्ने समयमा हिमपात हुँदा थप सहज भएको कृषकहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

पुटिन-सीसहित भारत–इरानका शीर्ष नेताहरूको किर्गिस्तानमा सामूहिक भेट हुँदै