ओली शक्तिशाली होलान भनेको त ढोड जस्तो रहेछन् : झलनाथ खनाल

इलाम । प्रचण्ड–माधव समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री केपि शर्मा ओलीललाई शक्तिशाली होलान भनेको त ढोड (मकैको सुकेको बोट) जस्तो रहेको बताएका छन् ।

गृह जिल्ला इलाममा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलार्ई संवोधन गर्दै खनालले प्रधानमन्त्रीओलिलाई शक्तिशाली छन् भन्ने ठानेको थिएँ तर ढोड जस्तो रहेको बताएका हुन् । ढोडलाई कुनबेला कच्याक कुचुक पारेर हावाले उडाउने हो टुङ्गो नहुने भन्दै खनालले भने, ‘ओलीलाई यो ठूलो अवसर थियो त्यसलाई सदुपयोग नगरेर आफू खुसी जे मन लाग्यो त्यो गर्दै हिँड्नु भयो ।’

खनालले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै उनले भने, ‘संविधानलाई एउटा व्यक्तिले खेलौना बनाउन पाउँदैन ।’ सरकार बनाउने चारवटा शर्तहरु पुरा भएपछि मात्रै सदनको सहमतिमा संसद विघटनसम्बन्धि व्यवस्था संविधानमा राखिएको प्रष्ट्याए । नेता खनालले केपी ओलाीलाई असाधारण मौका पाएको भएपनि ओलीले त्यसलाई लत्याएको बताए । केपी शर्मा ओलीले पार्टीको विधि, पद्धती, कार्यदिशा, सिद्धान्त तथा नीतिको आधारमा नचलेर मनखुसि हिनेको खनालको भनाई छ ।

नेकपाका स्थाई कमिटी सदस्य जनार्दन शर्माले ओली प्रवृतकिो उदेश्य भनेको लोकतन्त्र र संविधान खारेज गर्ने रहेको भन्दै यसलाई बचाउन आन्दोलन गर्नुपर्ने बताएका छन् । ओलीले पार्टीको निती नियम नमानि एकलौटी आफू अघि बढेकाले केपि प्रवृतिबाट बाँच्नुपर्ने बताए । उनले पार्टीको संगठन संरचना कस्तो हुने, आर्थिक मौद्रिक नीति कस्तो हुने, उत्पादन शक्तिको विकास कस्तो हुने भन्नेमा बहस हुनुपर्ने बताए । उनले अहिले आन्दोलन मात्रै प्रधान नभएकाले बैचारिक बहसमा समेत केन्द्रित हुनुपर्ने बताए ।

नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेश १ का पूर्व अर्थमन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईले टोले गुन्डाको शैली अपनाएको आरोप लगाए । प्रशिक्षण कार्यक्रममा बोल्दै आङ्बोले कागजको टुक्रोमा लेखेको आधारमा पनि अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा संसद बैठकमा टोले गुन्डाको शैलीमा थर्काउने, धम्क्याउने जस्ता क्रियाकलापमा अघि बढेको बताए । उनले पञ्चायतको अन्त्य हुने बेलामा पञ्च ¥याली र राजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा देश दौडाह गरे जस्तो ओलीले ¥याली गरिरहेको बताए ।

गृहमन्त्री रामबहादुर थापा बादललाई इङिगत गर्दै उनले भने, ‘दिमागमा धेरै जोड दिएपछि मान्छेले आफुले बोलेको कुरा हेक्क रहदैन अहिले बादल कमरेडलाई पनि त्यस्तै भएको छ । उनले भने, ‘स्टेजमा बोल्नुपर्ने कुरा उहाँ आमसभामा बोल्दै हिड्नुहुन्छ तेश्रो जनआन्दोलन सुरु भयो भनेर ।’ उनले बादललाई स्थापित गराएर आजको अवस्थामा ल्याउनेलाई जेल कोच्छु भन्दै हिड्नु र प्रतिगमनलाई साथ दिनु गलत भएको बताए । १८ बर्षको सहकार्यमा पार्टी विभाजनदेखि एकतासम्म बादलको साथ रहँदा उनको हैसियतको ’boutमा जानकारी भएको आङ्बोले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ