सबै मिलेर आन्दोलन गरौं, ओलीले एक हप्ताभित्र घुँडा टेक्छन् : बावुराम भट्टराई

धनकुटा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराइले सबै मिलेर आन्दोलन गरेमा एक हप्ताभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा टेक्ने दाबी गरेका छन् । संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टीले आज धनकुटामा गरेको विरोध सभालाई संवोधन गर्दै भट्टराइले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओली तानाशाही प्रवृतिले अघि बढेको भन्दै भट्टराइले उनलाई घुँडा टेकाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । सबै दल, नगरिक समाजलगायत मिलेर आन्दोलन गरेमा संसद् पुर्नस्थापना हुने उनको तर्क छ । १९ दिने जनआन्दोलनले राजसंस्था फालेको स्मरण गर्दै नेता भट्टराइले सवै मिलेर आन्दोलन गरेमा एक हप्ताभित्र प्रधानमन्त्री ओली पछि हट्ने दावी गरेका हुन् ।

फरक प्रशंगमा उनले सर्वोच्च अदालतले संसद् पुर्नस्थापना नगरेमा पनि संसद् सूचारु हुँने बताएका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दवावमा पारिरहेको भन्दै भट्टराइले सर्वोच्चले संसद् पुर्नस्थापनाको फैसला नगरेमा पनि संसद् विघटनको निर्णय खारेज हुने जिकिर गरेका हुन् । सभामुखको पद जिवितै रहेकाले सभामुखले संसद् बैठक बोलाउने र बैठकले संसद् विघटनको निर्णय खारेज गर्न सक्ने भट्टराइको तर्क छ ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले संसद् पुर्नस्थापनाको विपक्षमा फैसला गरेमा सर्वोच्चको फैसला नमान्ने चतावनी दिएका छन् । सर्वोच्चले संसद् पुर्नस्थापनाको विपक्षमा फैसला गरेमा त्यसलाई नमानेर जनताको अदालतले त्यसको विरोधमा संघर्ष गर्ने उनले बताए । सर्वोच्चभन्दा पनि जनताको अदालत ठूलो हुने भन्दै अध्यक्ष यादवले सर्वोच्चले जनमतको विपक्षमा फैसला गरेमा जनताले संघर्ष गरेर त्यसलाई उल्ट्याउँने चेतावनी दिए । तर सर्वोच्चले सही फैसला गरेर संसद् पुर्नस्थापना गर्नेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा जसपाका नेता रकम चेम्जोङ्ग, पर्शुराम बस्नेत, आरसी तुम्बा लगायतले संसद् विघटनको विरोध गर्दै पुर्नस्थापना गर्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह