काठमाडौं । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित नेतृ झाँक्रीको निवास पुगेको हो ।
नेतृ झाँक्रीले आफुलाई पक्राउ गर्न आएको प्रहरीको टोलीलाई पक्राउ पूर्जी लिएर आउन भन्दै आग्रह गरेकी छन् । नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमा पुगेपछि कार्यकर्ताहरु भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी’bout दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर झाँक्री उपस्थित नभएपछि उनलाई पक्राउ गर्न प्रहरी टोली गएको हो । गोरखाको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी’bout टिप्पणी गरेकी थिइन् ।
सोही टिप्पणीलाई लिएर नेकपा ओली निकट अखिल नेपाल महिला संघ ‘अनेमसंघ’ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरेको थियो ।
नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको र त्यसको प्रतिउत्पादक विद्या भण्डारी भएको आरोप लगाएकी थिइन् । मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो ।






