काठमाडौं । नेकपा दाहाल– नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गरेकाे छ ।
महानगरीय अपराध महाशाखाका डीएसपी सुधिर शाहीले नेतृ झाँक्रीलाई बिहीबार पक्राउ पूर्जी थमाएका हुन् । झाँक्रीका समर्थकले भने अहिले निवासबाहिर नाराबाजी गरिरहेका छन् ।
झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने भएपछि सामाजिक सञ्जालमा झाँक्रीको समर्थनमा टिप्पणी सुरु भएको छ ।
अब देश मुडभेडमा : जनार्दन शर्मा
पूर्वमन्त्री गृहमन्त्री समेत रहेका नेकपा नेता जनार्दन शर्माले ट्वीट गर्दै भनेका छन् ‘रामकुमारी झाक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।
पूर्व पर्यटनमन्त्री एवं युवा नेता योगेश भट्टराईले रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए भनेका छन् ‘राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।’ उनले लेखेका छन् ।






