प्रदेश प्रमुखलाई बुझाइयो वित्त आयोगको प्रतिवेदन

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रदेश प्रमुख शेरचनलाई प्रतिवेदन’bout जानकारीसहित हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा शेरचनले गण्डकी प्रदेश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भएपनि प्रयोगमा ल्याउन नसकिएको बताए । प्राकृतिक स्रोतसाधनको उत्खनन तथा प्रयोगमा प्रदेश सरकारले चासो दिनुपर्ने बताउँदै उनले प्राकृतिक स्रोतसाधन प्रयोगमा ल्याउन सकिए रोजगारी सिर्जना हुने उल्लेख गरे ।

आयोगका सदस्य गुरुङले गण्डकी प्रदेशभित्र रहेका प्राकृतिक स्रोतसाधनको पहिचानमा आयोगले विशेष ध्यान दिएको बताए । संवैधानिक व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहमा वित्त हस्तान्तरण तथा प्राकृतिक स्रोतसाधन बाँडफाँडमा आयोग अघि बढेको भन्दै उनले आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार