दुई खेल अगाडि नै एपिएफलाई उपाधि

काठमाडौं । दुई खेल अगाडि नै सशस्त्र प्रहरी बल एपिएफले महिला राष्ट्रिय फुटबल लिगको उपाधि जितेकाे छ । नेपाली सेनालाई नेपाल प्रहरीबीचको खेल १-१ गोलको बराबरीमा रोकेसँगै एपिएफ दुई खेल अगाडि नै च्याम्पियन बनेको हो । बराबरीमा रोकेसँगै सेनाको उपाधि यात्रामा पुर्ण विराम लाग्याे ।

उपाधि संभावनालाई जिवितै राख्न नेपाली सेनालाई जितको विकल्प थिएन । तर प्रहरीले कडा चुनौति दिदै नेपाली सेनालाई १-१ गोलको बराबरीमा रोकेपछि सेना उपाधि होडबाट बाहिरियो।

खेलको १५ औ मिनेटमा अमृता जैसीको गोलमा नेपाल प्रहरीले पहिलो हाफमा एक शुन्यको अग्रता बनायो। तर ५३ मिनेटमा रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काउदै खेलमा फर्कने संकेत दिइन। तर सेनाले थप गोल फर्काउन सकेन भने प्रहरीकी कप्तान घिम कुमारी घलेले पेनाल्टी प्रहार चुकाइन। खेल एक एकको बराबरीमा सकियो। यो बराबरीमा एपिएफ दुई खेल अगाडि च्याम्पियन बन्यो।

११ खेलबाट नेपाली सेनासँग २६ अंक छ र एपिएफ भन्दा चार अंकले पछाडि पर्दा उपाधि होडबाट बाहिरिएको हो। अब अन्तिम खेलमा एपिएफलाई हराएपनि सेनाले चार अंकको दुरी मेटाउन सक्दैन। एपिएफले अहिले विराटनगरसँग खेल्दैछ। एपिएफले आफ्नो बाकी दुई खेल गुमाएपनि उपाधि भने जित्नेछ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा