मिस र मिसेस ब्युटिफुलका प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । दक्ष इन्टरटेनमेन्टले १५ फागुनमा राजधानीमा मिस ब्युटीफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल २०२१ आयोजना गर्ने भएको छ । मिस ब्युटीफुल नेपाल २०२१ मा १३ युवती र मिसेस ब्युटीफुुल नेपाल २०२१ मा १२ जना विवाहित महिला अन्तिम स्पर्धामा पुगेका छन् ।

प्रतियोगिताको अन्तिम स्पर्धा नजिकिँदै गर्दा मिस ट्यालेन्ट ब्युटिफुल र मिसेस ट्यालेन्ट ब्युटिफुल उपउपाधिका लागि दुवै प्रतियोगिताका प्रतियोगीले आयोजकद्वारा राजधानीमा आयोजना गरेका ट्यालेन्ट सोमा आपूmमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन् ।

दुवै प्रतियोगितका प्रतियोगीले गीत संगीत, नृत्य, अभिनय, चित्रकला, वाककलाजस्ता आप्mना प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने कोशिष गरेका थिए । ट्यालेन्ट सोका लागि कोरियोग्राफर, फिल्म निर्माता तथा निर्देशक राजु शाह प्रमुख निर्णायक तथा अभिनेत्री रश्मी भट्ट, गायक सान थापा, गायिका सरिता भारती, गीतकार अशोक तामाङ र सञ्चारकर्मी अरुणा श्रेष्ठ निर्णायक रहेका थिए ।

आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेका अनुसार मिस ब्युटिफुलमा पूजा नाथ पूर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनीषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रन्जीत र सविना खुलाल छैठौं संस्करणको अन्तिम प्रतिस्पर्धामा पुगेका छन् ।

त्यसैगरी पाँचांै संस्करणको मिसेस ब्युटीफुुल नेपाल २०२१ मा मञ्जु अधिकारी, आरती भण्डारी सापकोटा, झुमा देवी ओली (नीलम), विनिता देउला, सुशिला श्रेष्ठ, पवित्रा बञ्जारा, मीना महर्जन, सरु थापा, अञ्जु न्यौपाने, सिर्जना रुपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्काले अन्तिम स्पर्धा गर्दै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति