काठमाडाैं । लाेक शैलीकाे गीत रातो घलेकिमाको सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ ।
कुशल बेलबासे र गायिका शान्ती श्रि परियारको स्वरमा रहेको गीत ‘हातैका पौजाले…’ नवराज पन्त नामक युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतमा लय, शब्द कुशल बेलवासेकै रहेको छ । भिडियोमा पछिलो समयका ब्यापक चर्चामा रहेका मोडल ओवी राईमाझी र अञ्जली अधिकारीको दमदार अभिनय देख्न सकिन्छ ।
प्रकाश भट्टको निर्देशनमा तयार पारिएको भिडिओको नबराज उप्रेतीले छायांकन गरेका हुन् । छोटो समयमा नै सबैको मन मुटुमा बस्न सफल उक्त भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन ।