विश्व वरियतामा नेपाली महिला भलिबल

{"caption":"u092eu093eu0932u094du0926u093fu092du094du0938u0935u093fu0930u0941u0926u094du0927u0915u094b u0916u0947u0932 u091cu093fu0924u0947u092au091bu093f u0928u0947u092au093eu0932u0915u093e u092au094du0930u0924u093fu092du093e u092eu093eu0932u0940 (u0926u093eu092fu093eu0901), u0905u0930u0941u0923u093e u0936u093eu0939u0940u0932u0917u093eu092fu0924u0915u093e u0916u0947u0932u093eu0921u0940 u0916u0941u0938u0940 u0938u093eu091fu094du0926u0948 u0964 u0924u0938u094du092cu093fu0930 u0938u094cu091cu0928u094du092f : u0939u093eu092eu094du0930u094bu0916u0947u0932u0915u0941u0926n","photographer":"","alt_text":""}

काठमाडौं । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औं स्थान हासिल गरेको छ ।

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क रहेको छ । 

त्यस्तै नेपाली महिला भलिबल टोलीले बङ्गलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो । त्यस्तै नेपालमा नै आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाली महिला टोलीले एतिहासिक रजत पदक हात पारेको थियो ।

त्यसैगरी वरियता क्रममा भारत ९७ अंकसहित ५४औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३८२ अङ्क रहेको अमेरिका दोस्रो तथा ३२८ अङक रहेको  ब्राजिल तेस्रो स्थानमा छ ।

यस्तै इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा छन् ।
तपाइको प्रतिक्रिया
(Visited 405 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा