आज शिवरात्रिः पशुपति क्षेत्रमा मालवाहक सवारी निषेध

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पाशुपत क्षेत्र आसपासका मूल सडकको ट्राफिक व्यवस्थापन मिलाएको छ ।

महाशाखाले पशुपतिनाथ क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीको भीडभाड मध्यनजर गरी सहज आवतजावत प्रबन्ध मिलाउन विभिन्न स्थानमा पार्किङसमेत तोकेको छ ।

यस्तै निजी सवारी साधनबाट पाशुपत क्षेत्रका मूल सडक हुँदै आवतजावत गर्नेहरूले चावहिलदेखि गौशाला हुँदै एयरपोर्टसम्मको सडक निर्वाध रूपमा प्रयोग गर्न पाउनेगरी व्यवस्था मिलाइएको छ । तर, दर्शनार्थीको भीडभाड बढी भएमा सार्वजनिक सवारीसाधनलाई भने वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सहजीकरण गर्नेछ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले नियमितजस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउन मिल्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।

– निजी सवारीलाई इन्ट्री, सार्वजनिकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने
– दर्शनार्थीका लागि यी स्थानमा तोकिए पार्किङ

तर, भक्तजनको भीडभाड अत्याधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा सो रुटमा भक्तजनबाहेकका सवारी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख भट्टराईले जानकारी दिएका हुन् ।

मालवाहक सवारीसाधन तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट कोरिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट कोरिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्ध तर्फबाट आउने मालवाहक साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी एवं भक्तजनका सवारी साधनलाई बनकाली खुला चौर, सिफलचौर, गुहेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी, पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिनेछ ।

बाग्मती कोरिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधन गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातो पुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

चाबहिल, गौशाला, तिलगंगा हँुदै अन्यत्र जाने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदवार ३ मतले विजयी भएपछि...