महेन्द्रनगर । कञ्चनपुरका मालपोत कार्यालयका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहीबार २४ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
मालपोतमा सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको रहेको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।
जग्गाको अंशबण्डामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत अधिकृत जोशी अख्तियारको फन्दामा परेका बताइएको छ । गत वर्ष पनि मालपोतकै कर्मचारी डेढ लाख नगदसहित पक्राउ परेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)






