पशु फर्ममा आगलागि हुँदा २० गाई जलेर मरे

सप्तरी, राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासबरण गाउँपालिका वडा नं. ५ मा रहेको कृष्णा राम पशु फर्ममा बिहीबार राती आगलागि हुँदा २० वटा पशुचौपाया जलेर मरेका छन् ।

आगो निभाउने क्रममा फर्म संचालक दिनानाथ साह समेत जलेर घाइते भएका छन् । उनको स्थानिय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो गाउँपालिका वडा नं. ६ निवासी मनोज साह र दिनानाथ साहको संयुक्त लगानीमा रहेको उक्त पशु फर्ममा बिजुली सर्ट भई आगलागि हुँदा १८ वटा गाई र २ वटा बाछी जलेर मर्दा र अन्नपात समेत नष्ट भई ३१ लाख ३९ हजार ६ सय मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

स्थानियवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा आगोमाथी नियन्त्रण कायम गरिएको तथा आगलागि घटना ’bout आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्धा दायर