Saturday, September 25, 2021
Your Ads Here
Homeट्रेन्डिङकोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

,
sharethis

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ ? भनेर प्रश्न गरिन् । चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई उद्धार गरेर फिर्ता ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनले भनिन्, ‘चीनबाट नेपाली ल्याइँदै छ भने सरकारले उनीहरुलाई कहाँ र कसरी राख्ने व्यवस्था गरेको छ ?’

नेकपाकै कमलाकुमारी ओलीले कोरोना भाइसरको सङ्क्रमण बढिरहेको अवस्थामा वुहानमा रहेको नेपाली विद्यार्थी ठूलो तनावमा रहेको भन्दै तत्काल उच्चस्तरीय पहल गरी उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । ‘कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थी निकै आत्तिएको अवस्था छ’, उनले भनिन, ‘उनीहरु अलपत्र परेका छन्, तत्काल प्रभावित क्षेत्रमा फसेका नेपालीको तथ्याङ्क निकालेर उद्धार गरोस् ।”

यता सरकारले भने प्रभावित क्षेत्रमा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ । सरकारले स्वास्थ्य मन्त्रालय मातहत रहने गरी ३०० श्ययासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि छुट्टै अस्पताल बनाउने तयारीमा जुटेको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सरकारको ध्यानाकर्षण गराएका थिए । नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको छ । नेपाल कोरोना भाइरसलाई प्रवेश गर्नै नदिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा दुईपटक बैठक बसेको र स्वास्थ्यमन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार चीनकै नागरिकमा सो भाइरस देखिएको छ ।

नेकपाकै उदया शर्मा पौडेलले सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई भाडादरमा छुट दिने व्यवस्था कार्यान्वयनमा आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । राजधानीभित्रै चल्ने सवारीसाधनमा ज्येष्ठ नागरिकले सुविधा पाउन नसकेको यथार्थ सुनाउँदै उहाँले कतिपय सार्वजनिक सवारीसाधानमा आरक्षण सिटसमेत हटाइएको पाइएको बताए ।

‘ज्येष्ठ नागरिक देशका गहना, सम्मानित व्यक्तित्व र जीवित इतिहास हुन्’, उनले भने, ‘ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सुविधा प्राप्त गर्न सकेका छैनन्, राजधानीमै सुविधा नपाएका ज्येष्ठ नागरिकले मुलुकको अन्य भूभागमा के सहुलियत पाएका छन् त ?”

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

आजको समाचार

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

साताका लोकप्रिय समाचार

५ सय २३ जनाको कैद कट्टा, आठ जनालाई माफी

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ को अवसरमा आठ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् । राष्ट्रपति कार्यालयले...

राउटेका दुख : घाइते हुन्छन्, अस्पताल जान डराउछन् अनि छापाेमै थलिन्छन्

  कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

प्रतिनिधिसभाबाट बजेट पारित, बैठक ७ असोजसम्म स्थगित

काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

ट्रेन्डिङ

बैठक नबोलाउँदा नेपाल पक्ष असन्तुष्ट

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यसहित तत्काल बैठक बोलाउन माधव नेपाल पक्षले माग गरेको छ । नेपाल पक्षले अध्यक्षले...

थ्री स्टारमा विक्रमको १२औं वर्ष

काठमाडौं । घरेलु फुटबलको चर्चित ललितपुरको रुस्लान थ्री स्टार क्लबले कप्तान विक्रम लामालाई लगातार १२औं वर्ष लागि क्लबमा राख्न सफल भएको छ । २०६७...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)