बाँसको झ्याङमा बालिका बलात्कार गर्ने पक्राउ

झापा । १३ वर्षीया बालिकालाई बासको झ्याङमा लगेर बलात्कार गर्ने पक्राउ परेका छन् । बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–१० बस्ने २४ वर्षीय गणेश चौधरी र सोही नगरपालिका–९ बस्ने २३ वर्षीय रविन बिक रहेका छन् ।

शिवसताक्षी नगरपालिका–७ रुदिलास्थित केराघारी बाँसको झ्याङमा आइतबार उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए । घटनामा संलग्नहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो