दाङमा बस पल्टिदा दुईजनाको मृत्यु, ३० घाइते

दाङ । दाङमा बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ पैते निवासी २९ बर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी बर्ष २८ का यादव खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाले जानकारी दिए ।

त्यसैगरी घटनामा परेर २२ जना सामान्य ६ जना मध्यम र २ जना गम्भिर घाइते भएको प्रहरीले बताएको छ । गम्भिर घाइते हुनेमा लमही नगरपालिका–९ निबासी ३२ बर्षका बस सहचालक कमल चौधरी र सोही नगरपालिकाको – ४ निबासी १८ बर्षकी अन्जु चौधरी रहेको प्रहरीले बताएको छ ।

त्यसैगरी दुर्घटनामा परि अन्य अन्य घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ निवासी ४६ बर्षीय बेलपति तौधरी, सोही ठाउँ निवासी ७० बर्षीय लिलावति चौधरी, लमही नगरपालिका वडा नम्बर १ निवासी ४० बर्षीय आशा चौधरी रहेका छन् । लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५४ बर्षीय सीता चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५५ वर्षिय फुजुवा चौधरी र उनकी छोरी १६ बर्षीय ववि चौधरी, लमही नगरपालिका वडा नम्बर २ निवासी ३० बर्षीय श्यामकुमारी चौधरी रहेका छन् ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १८ बर्षीय अनुजा चौधरी, लमही नगरपालिका वडा नम्बर ६ खैरी निवासी ६३ बर्षीय यमराज नेपाली, सोही ठाउँ निवासी ३९ बर्षीय निर्मला नेपाली, सोही ठाउँ निवासी ३२ बर्षीय सुनिता नेपाली रहेका छन् ।

सोहि ठाउँ निवासी ६१ वर्षिय जंगबहादुर घर्ती, लमही नगरपालिका वडा नम्बर ६ निवासी २७ वर्षिय दिलु चौधरी, लमही नगरपालिका वडा नम्बर ७ निवासी ३८ बर्षीय चन्द्रकलि चौधरी, लमही नगरपालिका वडा नम्बर ९ निवासी ३२ बर्षीय कमल चौधरी घाइते भएका छन् ।

यस्तै राप्ती गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षिय दिलकुमारी चौधरी, राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङ्खोला निवासी २७ बर्षीय सावीत्रा वली, सोही ठाउँ निवासी २ वर्षिय रोशनी वली रहेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ४ दुलहिया निवासी ४० बर्षीय फुलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ निवासी खुरेली निवासी ५१ वर्षिय तेजप्रसाद घर्ती, सोही ठाउँ निवासी ५४ बर्षीय लालमाया घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निबासी २० बर्षीय आरती कुवर, सोहि ठाउँ निवासी २० बर्षीय सितल कुवर रहेका छन् ।

मोरङ निवासी घोराही व्यारेगमा कार्यरत नेपाली सेना ३६ बर्षीय खड्कबहादुर श्रेष्ठ, घोरही उपमहानगरपालिका वडा नम्बर २ रामपुर निवासी ३२ बर्षीय सुशीला पोख्रेल रहेका छन् । सोही निवासी १२ बर्षीय सिम्बोल सुवेदी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४५ बर्षीय श्यामकुमारी चौधरी घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते मध्ये केहीलाई बुटवल रिफर गरिएको छ भने अन्य लमहीको अस्पतालमा उपचार भइरहेको छ । घोराहीबाट लमहीका लागि छुटेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक बस शुक्रबार बेलुका ५ बजे सोही सडक खण्डको मुसोटको आरोलोमा दुर्घटना भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 412 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष