गोरखा सांस्कृतिक समाजमा नयाँ नेतृत्व

काठमाडौं । गोरखा सांस्कृतिक समाजमा गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको तेस्रो अधिवेशनले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल लामिछाने, महिला उपाध्यक्षमा रञ्जिता गुरुङ, प्रथम उपाध्यक्षमा दिनेश थापा, द्वितीय उपाध्यक्षमा गणेश गुरुङ, उपाध्यक्षमा प्रेम अर्याल, लबकुमार भट्ट र सागर गुरुङ चयन भएका छन् ।

संघको महासचिवमा रविन लामिछाने, उपमहासचिवमा रञ्जित परियार, सचिवमा प्रकाश कोके गुरुङ, महिला सचिवमा मिरा गोर्खाली, कोषाध्यक्षमा सुनिला गुरुङ र सहकोषाध्यक्षमा बबिता बानियाँ जेरी चयन भएका छन् ।

यस्तै सदस्यमा बेलीमाया पुलामी, हरिराम परियार, सुजन परियार, सुवास थापा, चिजा तामाङ, सुमित्रा तामाङ, सन्तोष दवाडी, किशोर थापा, मेलिना ठकुरी, सुशीला थापा, दीप कोके गुरुङ, राजु गुरुङ, आइतराम गुरुङ, टेकबहादुर गुरुङ, सविन कोके गुरुङ, वीरबल घले, मुकेश पुलामी, सचिन भट्टराई चयन भएका छन् ।

सोही कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापालाई सम्मान गरिएको थियो । थापाले संस्थाप्रति दिएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 484 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाई सुकुम्बासीको पक्षमा उभिने