Tuesday, May 11, 2021
Home Breaking News सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

सुभाष साह,

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग समानान्तर रूपमा जसपा नेता छलफलमा भए पनि कोसँग सत्ता सहकार्य गर्ने भन्ने निर्णय अझै गर्न सकेका छैनन् ।

जसपा कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले कोसँग मिलेर सरकार निर्माण गर्ने भन्ने विषयमा निर्णय गर्न अहिले आवश्यक नै नभएको बताए । सबै राजनीतिक दलसँग सरकार निर्माणका लागि छलफल भइरहेको बताउँदै उनले आवश्यक समयमा सही निर्णय पार्टीले गर्ने बताए ।

‘हाम्रा लागि सबै समान छन् । कसैसँग दोस्ती र कसैसँग दुस्मनी छैन । अहिले नै सरकार निर्माण गर्ने विषयमा निर्णय गर्ने समय भएको छैन,’ कर्णले राजधानीसँग भने, ‘हामी सबै पक्षसँग छलफल गरिरहेका छौं । हाम्रा माग सम्बोधन गर्ने पक्षसँगै हामीले सहकार्य गर्ने हो ।’

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेका छन्

मंगलबार बस्ने भनिएको जसपा पदाधिकारी बैठक स्थगित भएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतो जनकपुरधाममा पार्टी कार्यका लागि पुगेकाले बैठक बस्न नसकेको हो । महतो काठमाडौं आएपछि पदाधिकारी बैठक बस्ने कर्णले बताए ।

यसअघि बसेको जसपा पदाधिकारी बैठकले एमाले वा कांग्रेस कोसँग सत्ता सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न सकेन । अहिले पनि जसपा नेता एमाले र कांग्रेस दुवै दलका नेतासँग सत्ता सहकार्यका लागि आन्तरिक छलफलमा रहेका छन् ।

जसपा स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेका छन् । तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीइतरको सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन् ।

जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतालगायतका मागमा जसपाभित्र विवाद छैन । तर, कसको नेतृत्वको सरकारमा जाने भन्ने विषयमा पार्टीभित्र विवाद रहेको जसपा स्रोतले जनाएको छ । पार्टीभित्रको छलफलका क्रममा अध्यक्ष ठाकुरले आफूहरूको माग सम्बोधन गर्नमा ओली सरकार सकारात्मक रहेकाले यही सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन् ।

तत्काल रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारे पार्टीले निर्णय गर्ने बताइएको छ । तर, डा. भट्टराई र यादव समूहले ओली नेतृत्वको सरकारमा जानै नहुने अडान राख्दै आएका छन् ।

जसपा नेता अजय गुप्ताले सरकारमा सहभागी हुने विषयमा अहिले नै निर्णय गर्नुपर्ने आवश्यक नभएको बताए । सरकार निर्माणका विषयमा छलफल चलिरहेको बताउँदै उनले जसपाले उठाउँदै आएको माग सम्बोधन गर्नेसँग नै सहकार्य हुने बताए ।

‘हामीले उठाउँदै आएको माग सम्बोधन गर्नमा जसले सहयोग गर्छ, उसैसँग सहकार्य हुन्छ,’ गुप्ताले भने, ‘सबैसँग छलफल भइरहेकाले अहिले नै कुनै निर्णय गर्न आवश्यक छैन ।’

सत्ता समीकरणमा निर्णायक बनेको जसपाभित्र ठूलो मतभेद रहेको छ । पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दासमेत विवादकै कारण जसपाले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकका साथै पार्टी एकताका बाँकी काम अझै टुंगो लगाउन सकेको छैन ।

डा. भट्टराई र यादव समूहलाई जानकारी नै नदिई ठाकुर र महतो समूहले एमालेसँग सत्ता सहकार्यका लागि भित्रभित्रै वार्ता समिति बनाएर छलफल गर्दै आएका छन् । जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्ता टोलीमा रहेका छन् । यस्तै, एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा रहेका छन् ।

प्रतिनिधिसभामा जसपासँग ३४ सांसद रहेकोमा दुई जना निलम्बित छन् । जसपासँग सरकार निर्माणका लागि एमाले, माओवादी केन्द्रका साथै कांग्रेसले समेत छलफल गरिरहेको छ ।

(Visited 528 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

साताका लोकप्रिय समाचार

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

चितवन जितविहीन, काठमाडौं शीर्ष स्थानमा

काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग...

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, रामबहादुर थापाको उम्मेदवारी अझै टुंगो लागेन

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा...

अक्सिजन सिलिन्डर उठाउन प्रहरी परिचालन

काठमाडौं औद्योगिक प्रयोजनमा लगेर विभिन्न उद्योगबाट फिर्ता नभएको अक्सिजन ग्यासका सिलिन्डर उठाउन सरकारले प्रहरी परिचालन गर्नुपरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

ट्रेन्डिङ

कक्षा २, उमेर ५७ वर्ष

दैलेख । उमेरले ५७ वर्ष पार गरेका जयबहादुर सुनार नाती पुस्तासंगै स्कुल धाउन थालेको दुई वर्ष भयो । नारायण नगरपालिका २ जाहरकोट भैरवटोलस्थित खड्ग...

‘ऋतम्भरा’ महाकाव्य छाडेर गयो राष्ट्रकवि घिमिरेको चोला

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ।” नेपाली जनमनमा...

नेकपा अध्यक्ष दाहाल सुनकोशी -याफटिङमा सरर…

सुकुटे । ‘रिफ्रेस’का लागि पटक पटक सिन्धुपाल्चोकको सुकुटेमा आउने गरेका नेकपा का केन्द्रीय अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबारदेखि सुरु हुने प्रथम सुकुटे...

कोरोना संक्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

काठमाडौँ । सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग...

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

लकडाउनमा दाताबाट संकललित चामल खाल्डोमा

इलाम ।  भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को...

शंकर ग्रुपको अर्को बदमासी : जगदम्बा हस्पिटालिटीद्वारा निर्माणाधीन हिल्टन होटलको बलमिचाइ

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको पाइएको छ । सो होटलले निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम...

समुदायमा प्रभावकारी सेवा दिँदै प्रहरी, चुस्त बन्दै सिन्धुपाल्चोकको शान्ति सुरक्षा

सिन्धुपाल्चोक । भौतिक सम्पन्नतासँगै जनशक्तिको पनि व्यवस्थापन हुँदै गएपछि जिल्ला प्रहरी कार्यालयले जिल्लाको शान्ति सुरक्षालाई चुस्त र सुदृढ बनाउँदै लगेको छ । भुकम्पमा ढलेका...

कोरोना परीक्षणका नाममा भइरहेको मनपरी रोक

कोरोना परीक्षणका नाममा भइरहेको मनपरी नरोकिएपछि जनता ठूलो कहरमा परेका छन् । भाइरस परीक्षणका नाममा निजी अस्पतालले यसभन्दा पहिले गर्दै आएको ठगी धन्दालाई निरन्तरता...

माइभ्याली गोल्डकपको उपाधि मछिन्द्रलाई

इलाम । इलामको माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई एक शुन्य गोलले पराजित गर्दै माईभ्यालिको उपाधि मछिन्द्रले हात...

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोेक । काभ्रेमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १० का २४ बर्षीया युवतीमा कोरोना सङक्रमण पुष्टि...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनवाइ हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन सर्वोच्च अदालतलले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)