१४ जिल्ला कोरोना अति प्रभावित सूचीमा

काठमाडौं । कोरोना संक्रमण देशभर तीव्र रूपमा फैलिएपछि सरकारले १४ जिल्लालाई ‘कोरोना अति प्रभावित’ भनी वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘अति प्रभावित जिल्ला’मा काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ छन् ।

मन्त्रालयले ती जिल्लामा विद्यालय बन्ददेखि सा“झ ७ बजेपछि होटल तथा रेस्टुरेन्टमा सहभागी नहुन अपिलसमेत गरेको छ । कोरोना संक्रमण बढेपछि मन्त्रालयले आठबुँदे अपिल जारी गर्दै ‘अति प्रभावित जिल्ला’का बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ ।

– बालबालिका विद्यालय नपठाउन अपिल
– सबै अस्पतालमा अनिवार्य फिवर क्लिनिक
– ५० प्रतिशत शया संक्रमितका लागि

बढी भीडभाड हुने क्षेत्र तथा सेवा अबिलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, सा“झ ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभासम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुललगायतमा सहभागी नहुन मन्त्रालयले अपिल गरेको हो ।

सम्पूर्ण अस्पतालले अनिवार्य ‘फिवर क्लिनिक’ सञ्चालन, कोभिड–१९ परीक्षणका लागि नमुना संकलन तथा परीक्षण व्यवस्थापन गर्न÷गराउन अपिल गरिएको छ । ‘नेपालमा विभिन्न होटेलमा बसोबास गर्ने विदेशी नागरिकको सम्बन्धमा गेस्ट रजिस्ट्रेसन सिस्टम चुस्तदुरुस्त बनाई काम गर्नुहुन तथा पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्रै होटलमा राख्न,’ अपिलमा भनिएको छ ।

अस्पतालका नियमित सेवाग्राहीलाई कोभिड–१९ संक्रमण पुष्टि भएका आधारमै मात्र अन्यमा पठाएर ‘अनावश्यक दुःख हुने कार्य नगर्न’ अपिल गरिएको छ ।

मन्त्रालयले सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत बेड कोभिड–१९ संक्रमितका लागि छुट्याएर तोकिएअनुसार निःशुल्क सेवा प्रवाह गर्न आग्रह गरेको छ । निजी प्रयोगशाला तथा अस्पतालले कोभिड–१९ परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क २ हजार मात्रै लिन अनुरोध गरिएको छ ।

अति जोखिममा रहेका जिल्ला
काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङ

औषधिबाहेक उपचारका लागि संक्रमण जटिलताका आधारमा दैनिक सामान्यलाई ३ हजार ५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजार (५० प्रतिशत थप भन्दा नबढ्नेगरी) रुपैया“मा उपचार गर्न मन्त्रालयले गराउन अपिल गरेको छ ।

बालबालिका, गर्भवती, सुत्केरी, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकको कोभिड–१९ परीक्षण तथा उपचारमा उच्च प्राथमिकता दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्दै गएको भन्दै भौतिक दूरी कायम, मास्क समुचित प्रयोग ख्याल गर्न आग्रह गरे ।

सरकारले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्ध चिनियाँ कम्पनीको ‘भेरोसेल’ खोप लगाउने कार्य जारी राखेको छ । मन्त्रालयका अनुसार चिनियाँ कम्पनीको सो खोप सात जिल्लाका २१ केन्द्रबाट लगाउने कार्य जारी छ । ५ वैशाखसम्म मात्र चिनिया“ खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १३, ललितपुरमा तीन, तथा भक्तपुर, रसुवा, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकमा एक÷एक स्थानमा खोप केन्द्र निर्धारण गरिएको हो ।

हालसम्म देशभर कोभिसिल्ड र भेरोसेल गरी १८ लाख ७३ हजार ३ सय ७७ जनाले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् ।

त्यस्तै, देशभर बिहीबार ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार ५ सय ८८ जनामा आरटी पीसीआर र ५ सय ६४ जनामा एन्टिजेन गरिएको थियो । जसअन्तर्गत ४ सय ९० जनामा पीसीआर र ४४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

हालसम्म देशभर कोरोना संक्रमित कुल संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ । गत २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमित संख्या ३ हजार ६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ५७ संक्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ ।

देशभर ४ हजार ३ सय ८४ संक्रमित आइसोलेसनमा रहेका छन् । देशभर ९१ जना आईसीयू र ३५ संक्रमित भेन्टिलेटरमा उपचारत छन् । ६८ क्वारेन्टाइनमा छन् ।

हाल, देशभर १ सय २६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये ९१ आईसीयू र ३५ भेन्टिलेटरमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी