सभापति देउवाद्वारा सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजमूलक सांस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित यो पुस्तक आइतबार बिहान आफ्नै निजी निवास बूढानीलकण्ठमा लोकार्पण गरेका हुन् ।

सभापति देउवाले कार्यक्रममा पुस्तक लेखक श्रेष्ठलाई बधाई दिँदै संस्कृतिसम्बन्धी श्रेष्ठको पुस्तक शोध कार्यका लागि महत्वपूर्ण, पठनीय र संग्रहणीय भएको बताए । उनले नेपाल विभिन्न जातजातिको फूलबारीका रूपमा रहेको र सांस्कृतिक मिलापले एकतावद्ध रहेको र एक जातिले अर्को जाति र धर्मको सहअस्तित्वलाई स्वीकारेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोज÷अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए । महतले भने, ‘यस किसिमका अनुसन्धानले नेपालको सांस्कृतिक समृद्धिमा मद्दत पुग्नेछ । यस्ता खोज अनुसन्धानलाई नेपाली कांग्रेसले पनि उच्च प्राथमिकतामा राखेको छ , यस किसिमका खोज÷अनुसन्धान गर्नेलाई उचित मूल्यांकन समेत पार्टीले गर्नेमा विश्वस्त छु ।’

प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकै ठाउँमा उतार्नु भनेको चानचनुने कुरा नभएको बताए । उनले यस्तो महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको पाठ्यसामग्रीमा स्थान दिनुपर्ने भनाइ राखे ।

२० वटा जातजातिको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमूलक ग्रन्थ’bout साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए ।

पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुसन्धानमूलक लेखहरू रहेका छन् । ५ सय १२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 390 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ