काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी गीतको भिडियोमा मोडलका रूपमा प्रस्तुत भएका छन् ।
गीतकार तथा संगीतकार कस्तुप पन्तले आफ्नो नयाँ गीत ‘सिलौटोमा चटनी…’को भिडियोमा यी चार कलाकारलाई मोडलका रूपमा उतारेका छन् । गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको छ ।
गीतलाई मोडलसमेत बनेका कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीले गाएका छन् । गीतमा आशीष अविरलको संगीत संयोजन रहेको छ ।
संगीतकार पन्तले आफूले गण्डकी प्रदेशमा प्रचलित मौलिक भाका गीतमा समेटेको जिकिर गरेका छन् । गीत’bout उनले भने, ‘हाम्रा बाउबाजेले गाउने गरेको रोइलालाई अहिलेको चलनचल्तीका शब्द र शृंगारिक शब्द गीतमा प्रयोग गरिएको छ । तर, मैले तयार गरेको यो गीतलाई पारिवारिक भन्न चाहन्छु ।’
यस गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । गीतमा रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रीति आलेलाई आकर्षक रूपमा नाचेका छन् । दर्शकलाई थप नयाँपन दिन गीतको भिडियोमा गायक र गायिकालाई अभिनय गराएको पनि निर्देशन बिसीले बताए ।
यो गीतको भिडियोको सम्पादन अमृत चापागाईंले, छायांकन दुर्गा पौडेलले गरेका छन् । भिडियोलाई संगीतकार पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।






