बुटिगिगद्वारा राष्ट्रपति निर्वाचनको दौड छाडेको घोषणा

वासिंगटन। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने दौडमा रहेका इन्डियाना राज्यका भूतपूर्व मेयर पिट बुटिगिगले आफ्नो निर्वाचन अभियान परित्याग गरेको घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन् । प्रमुख राजनीतिक दलबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्न खोज्ने उनी प्रथम समलिंगी व्यक्ति समेत हुन् ।

डेमोक्रेटिक पार्टीका ३८ वर्षीय नेता बुटिगिगले निर्वाचन अभियानलाई तीव्र गतिमा सुरु गरेको भएपनि केही सातायता चुनावी अभियानको गति मन्त बनेको थियो । उनी खुला रूपमा पुरुष समलिंगीका रुपमा परिचित व्यक्ति हुन् । डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार छान्न मतदान हुनुभन्दा दुई दिनअघि बुटिगिगले प्रतिस्पर्धाबाट अलग्गिएको घोषणा गरेका हुन् ।

मंगलवार अमेरिकाका १४ वटा राज्यमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने छिनोफानो गर्न प्राईमरी अर्थात् प्रारम्भिक निर्वाचन हुँदैछ । यो मतदानबाट वामपन्थी झुकाव भएका नेता बर्नी स्यान्डर्सले दलभित्र अग्रता कायम गर्ने र राष्ट्रपतीय निर्वाचनका लागि औपचारिक मनोनयनमा पर्ने देखिएको छ ।
डेमोक्रेटिक पार्टीका उम्मेदवारको प्रतिस्पर्धा रिपब्लिकन नेता तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुनेछ । पिट बुटिगिगले इओवा राज्यमा ३ फेब्रुअरीमा भएको प्राईमरीमा आश्चर्यजनक रूपमा झिनो मतान्तरले बलियो प्रतिस्पर्धी बर्नी स्यान्डर्सलाई हराएर विजयी भएका थिए । तर उनले सफलतालाई दोहो¥याउन सकेनन् । उनी उम्मेदवार बन्ने दौडमा अन्य उम्मेदवार भन्दा पछि परेपछि निर्वाचन अभियान छाडेका हुन् ।

बुटिगिग पछि हटेपछि अब डेमोक्रेटिक पार्टीमा राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धामा छ जना नेता बाँकी भएका छन् । शनिवार साउथ क्यारोलिनामा उनी चौथो स्थानमा सीमित भएका थिए । साउथ क्यारोलिनामा २ लाख ५६ हजार १ सय ११ मत ल्याएका पूर्व उपराष्ट्रपति जोए बिडेन ४८.४ प्रतिशत मतका साथ शीर्ष स्थानमा रहँदै विजयी भ एभने बर्नी स्यान्डर्सले १ लाख ५ हजार २ सय २६ अर्थात १९.९ प्रतिशत मत ल्याएर दोस्रो भएका छन् ।
यसैगरी टोम स्टेयरले ५९ हजार ९ सय १७ अर्थात ११.३ प्रतिशत मत पाउँदा बुटिगिगले ४३ हजार ६ सय १२ अर्थात ८.२ प्रतिशत मात्रै मत पाए । उनीभन्दा पछि एलिजाबेथ वारेन रहिन् । उनले ३७ हजार ३५३ मत अर्थात ५ प्रतिशत मत पाएकी छन् ।

बुटिगिगगले अफ्रिकी मूलका अमेरिकी मतदाताको समर्थन पाउन पनि संघर्ष गर्नुपरेको छ । तर ब
बुटिगिगले निर्वाचन अभियान परित्याग गरेको विषयमा उनको समूहले औपचारिक घोषणा गरेको छैन । मंगलवारको प्रारम्भिक निर्वाचन बाँकी आकांक्षीका लागि निकै महत्वपूर्ण हुनेछ । मंगलवार मतदान हुने १४ वटा राज्यमध्ये दुईवटा धेरै मतदाता रहेका राज्य क्यालिफोर्निया र टेक्सस समेत रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर