Tuesday, June 22, 2021
Home Breaking News रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

प्रशान्त वली,

काठमाडौं । कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ ।

औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’ संक्रमितका एक आफन्तले राजधानीसित भने, ‘कतै पाइएन अनि सामाजिक सञ्जालबाट रेम्डेसिभिर कही“ भए सम्पर्क गर्न आग्रह गरें । दाइको जीवन रक्षाका लागि भए पनि पाँच भाइल रेम्डेसिभिर २ लाखमा किन्न बाध्य भएको छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल ३ हजार भाइल रेम्डेसिभिर भित्रिसकेको बताउ“छन् । ‘बंगलादेशबाट पनि नेपालमा रेम्डेसिभिर आउँदै छ तर बंगलादेशले भारतमा जोखिममा रहेकाले उसैलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले रेम्डेसिभिरमा ‘कसैले कालोबजारी गरेको पुष्टि भए कारबाही गरिने’ प्रतिबद्धता जनाए । ‘अबको केही दिनमा रेम्डेसिभिर सहज तरिकाले आपूर्ति हुन्छ । आज सोमबार बेलुकीसम्म दुई निजी आयातकर्ता कम्पनीमार्फत बंगलादेशबाट ७ हजार भाइल रेम्डेसिभिर आउँदै छ, आउनेक्रम जारी रहन्छ ।’

औषधि आयातकर्ता संघ महासचिव पवन आचार्य ‘कसैले रेम्डेसिभिर कालोबजारी गरे त्यस्तालाई कानुनी दायरामा ल्याउनुपर्ने’मा जोड दिन्छन् । ‘कठिन स्थितिमा आफैंलाई राज्य सम्झेर अघि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘केही दिनयता गम्भीर संक्रमित संख्या बढ्दोक्रममा छ ।’

एकैदिन ७ हजार २ सय ११ मा कोरोना
देशभर आइतबार कोरोना संक्रमित संख्या ७ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार १६ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गरिएको छ । १६ हजार १ सय ४७ जनाको पीसीआर गर्दा ७ हजार १ सय ३७ र ६ सय २३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो । हाल, देशभर ६७ संक्रमित क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ डिस्चार्ज भएका छन् ।

यसैबीच, देशभर ६ सय ८ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ७७ जना आईसीयू र १ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर रहेका ४८ हजार ७ सय ११ सक्रिय संक्रमित छन् । प्रदेशअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा छन् । बाग्मतीमा आईसीयूमा २ सय ५४ र भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन् ।

प्रदेश १ मा ५४ जना आईसीयू र १४ जना भेन्टिलेटर, प्रदेश २ मा २४ जना आईसीयू र दुई भेन्टिलेटर, गण्डकी प्रदेशमा पाँच जना आईसीयू र एक भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २१ जना भेन्टिलेटर, कर्णाली प्रदेशमा ३३ जना आईसीयू र सात भेन्टिलेटर तथा सुदुरपश्चिम प्रदेशमा ३० आईसीयू र नौ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

(Visited 806 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

साताका लोकप्रिय समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

अबको प्राथमिकतामा बालस्वास्थ्य सुरक्षा

कोरोना महामारी संक्रमणको दोस्रो लहर तीव्रतामा अघि बढिरहँदा यसको तेस्रो लहर आउने सम्भावनालाई सम्बन्धित सबै पक्षले निकै गम्भीरताका साथ लिएका छन् । बालबालिका बाहेक...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

विद्यालयकै अब्बल कहलिए फरक क्षमताका यी छात्र

दैलेख । कमजोर शारीरिक अवस्था । अस्पष्ट बोली । माथिल्लो ओठ जन्मजात फाटेको । दैलेख गुराँस गाउँपालिका–३ का वीरबहादुर बुढाको शारीरिक अवस्था हो यो ।...

ट्रेन्डिङ

प्याराग्लाइडिङ दुर्घटनामा फ्रान्सेली नागरिक गम्भीर घाइते

स्याङ्जा । भीरकोट नगरपालिका ६ लुव्दीखोलामा प्याग्लाइडिङ् दुर्घटना हुँदा एक जना फ्रान्सेली नागरिक घाइते भएका छन् । भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याग्लाइडर नेपाल...

अब झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’

काठमाडौं । नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने...

‘यसकारण लिम्पियाधुरा नेपालको हो’

काठमाडौं । सीमाविद्का अनुसार ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म १२ वटा नक्सा र चीनले १९०३ र १९२१ मा बनाएका दुई वटा नक्सामा...

भारतमा कोरोनाबाट संक्रमितको संख्या ७८ हजार नाघ्यो, एक दिनमा १३४ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३...

कोरोना संक्रमित जथाभावि हिडेको भन्दै फोन ट्रेसिङ सुरु

चुरे मकवानपुर । कोरोना संक्रमितहरुले आफूलाई होम आइसोलेशनमा सुरक्षित राख्ने भन्दै जथाभावि हिडेको गुनासो छिमेकबाट आएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र संक्रमितको फोन ट्रेसिङ सुरु...

तनहुँमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित ८ जना घाइते

तनहुँ । बोलेरो जिप दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास-५ चापाघाट बस्ने बर्ष ५५ का राजकुमार श्रेष्ठ रहेका छन्...

सर्लाहीमा खोलाले बगाउँदा दुईको मृत्यु

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । ईश्वरपुरमा एक युवकको र रामनगर गाउँपालिकामा एक वृद्धको मृत्यु् भएको...

भारतलाई टी–२० सिरिज

सिड्नी । अलराउन्डर हार्दिक पान्ड्याको उत्कृष्ट ब्याटिङ मद्दतमा भारतले अस्ट्रेलियासँगको तीन टी–२० आई सिरिज एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको छ । दोस्रो...

राप्रपाबाट सुनिल बहादुर थापासहित ३१ जनाको राजीनामा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय...

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर...

उपराष्ट्रपति पुनद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको...

पाँच महिनाभित्र विभिन्न ग्रेटको सिमेन्ट बजारमा आउने

काठमाडौं । अहिले मुलुक सिमेन्टमा आत्मनिर्भर भइसकेको सरकार र निजी क्षेत्रको दाबीसँगै आगामी पाँच महिनाभित्र विभिन्न ग्रेटको स्वदेशी सिमेन्ट बजारमा आउने भएको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)