Thursday, June 24, 2021
Home बिचार सिकाइको लक्ष्य विद्यार्थी टिकाउ

सिकाइको लक्ष्य विद्यार्थी टिकाउ

नगेन्द्रराज पौडेल,

नाराका रूपमा ‘सबैका लागि शिक्षा’आएको पनि दशकौं भइसक्यो । विद्यालय बाहिरका बच्चालाई विद्यालय झिकाउन सरकारले अनेकांै प्रयास गरे पनि आजसम्म विद्यालय उमेरका सबै बच्चामा विद्यालयको पहुँच पुुग्न सकेको छैन । पहुँचका लागि विद्यालय दूरी किटान पनि गरियो । तैपनि सरकारले खोजेजस्तो उपलब्धि हात लागेन । राजा वीरेन्द्रको राज्याभिषेकमा शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस् भन्ने नारा आयो । त्यसबेलाको सरकारले राजाको नारा साकार पार्न सबैले आफ्ना बालबच्चा विद्यालय पठाउन भन्यो । तर आममानिस हाम्रो भात खाएर राजालाई पढ्न हामी बालबच्चा पठाउँदैनांैसम्म भने । तर आजका मानिसमा त्यसबेलाको जस्तो चेत छैन । विकसित चेतका कारण विद्यालय पठाउन तत्पर छन् । तर पनि आमरूपमा सबैले विद्यालयको मुख नदेखेको कुरा सत्य हो । यसलाई निमिट्यान्न पार्ने जिम्मा सरकार र खासगरी स्थानीय तहको काँधमा आएको छ ।

आजको शैक्षिक समस्याका रूपमा विद्यालय बाहिरका बालबालिकालाई विद्यालयमा कसरी झिकाउने र टिकाउने भन्ने रहेको छ । सरकारले २०३८ सालको सेती परियोजनादेखि प्राथमिक शिक्षा परियोजना, आधारभूत प्राथमिक शिक्षा परियोजना, सबैका लागि शिक्षा, विद्यालय शिक्षा सुधार कार्यक्रम, विद्यालय विकास परियोजनालगायत कार्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । सबै कार्यक्रमको लक्ष्य विद्यालय सुधार तथा सबै बालबालिकाका लागि विद्यालय पहुँच नै हो । सबैका लागि समावेशी र समतामूलक एवं गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसर प्रवद्र्धन गर्ने दिगो विकासको लक्ष्य राखी नेपालले ‘शिक्षा २०३०’ कार्यढाँचासमेत तय गरेको छ । संघीय संसद्ले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ पारित गरिसकेको पनि छ । यसमा आधारभूत शिक्षामा सबैको पहुँच पु¥याउनेदेखि उनीहरूको निरन्तरता वा सहभागिताको साथै गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिने कुरा उल्लेख छ । संविधानको धारा ३९ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ भनेर लेखिएको छ ।

अझै पनि एकातिर विद्यालय उमेरका कैयन् बालबालिका विद्यालयको औपचारिक कार्यक्रमबाट बाहिरै छन् भने विद्यालय आएकाको सिकाइ उपलब्धि पनि सन्तोषजनक छैन । शिक्षाको उद्देश्य पनि व्यक्तिको व्यवहारमा सकारात्मक परिवर्तन सँगसँगैको सिकाइ हो । तर, आजको हाम्रो शिक्षाले पढाउने तर नसिकाउने गर्दा कैयांैले विद्यालय बीचैमा छाड्न पुगेका छन् । विद्यालयमा सिकाइ नभएर पढाइ मात्र हुँदा विद्यार्थीले छाड्छन् । यसर्थ जीवन र शिक्षाबीच तालमेल मिलाइ सिकाउन अपरिहार्य छ ।

विद्यालय ल्याउने तरिका
विद्यालय बाहिरका बालबालिकालाई विद्यालयमा झिकाउन पहल हुनैपर्छ । सक्नेहरूले त ल्याइसके । अब नसक्नेका लागि प्रेरित गर्न जरुरी छ । अभिभावकलाई सघाउने, फकाउने, नपढेकाका लागि सरकारी सुविधा नपाउने गरिदिने, विपन्नताका लागि अभिभावक सहयोग कार्यक्रम, दिवा खाजा, छात्रवृत्ति, तथा नपढाउँदा हुने हानीबारे सम्झाउन जरुरी छ । अभिभावकलाई सकारात्मक हस्तक्षेप गर्नैपर्छ । यस कामका लागि संविधानको व्यवस्थाबमोजिम माध्यमिक तहसम्मको शैक्षिक अधिकार प्राप्त स्थानीय सरकारले नै अब्बल दर्जामा पहल गर्नुपर्छ । विद्यालयमा बालमैत्री सिकाइ कार्यकलाप हुन जरुरी छ । ताकि बच्चालाई विद्यालय जाऊँजाऊँ लागोस् ।

अबको शिक्षक शिक्षक नभएर सहजकर्ता र उसको व्यवहार पढाइ नभएर सहजीकरणमा बदलिनुपर्छ

सिकाइ तरिका
मुख्य कुरो बालबालिकालाई विद्यालय झिकाउनु मात्र होइन । आएका बच्चालाई सिकाउनु पनि पर्छ । सिकाइ अर्थपूर्ण र जीवनसापेक्ष नभएसम्म विद्यार्थीलाई विद्यालयप्रति रुचि हुँदैन । रुचि नभएपछि कुनबेला घण्टी बज्ला र घर जाउँला भनी दाउ हेरेको हुन्छ । यसैकारण हरिभक्त कटुवाल भन्छन्, ‘बा, पाठशाला जान्नँ म, इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।’ तसर्थ सिकाइलाई व्यक्तिको जीवनसँग मेल खाने गराई बालमैत्री वातावरणको सिर्जना गर्नुपर्छ । विद्यार्थीलाई यस्तो लागोस् कि शनिबार नआए हुन्थ्यो । यसका लागि स्थानीय पाठ्क्रम बनाएर लागू गर्नुपर्छ । अब सीता कसकी छोरी थिइन् ? भन्ने प्रश्न होइन, तिमी कसकी छोरी हौ ? भनेर सोध्नुपर्छ । यसको जिम्मा शिक्षकको हो । केन्द्रीय पाठ्यक्रमलाई पनि स्थानीयकरण गरेर स्थानीय विषयवस्तु पस्किने दक्षता शिक्षकमा हुनुपर्छ । रामबहादुर सिकर्मी हो भन्ने पढाएर अहिलेसम्म हामीले भएभरका सबै रामबहादुर सिकर्मी मात्रै हुन्छन् भन्ने गलत धारणा दियांै । अब यो तरिका फेरेर तिम्रा गाउँमा काठको काम गर्ने कोही छ ? भन्ने प्रश्न गर्नुपर्छ । पुरापुर आगमन विधिको प्रयोग गर्नुपर्छ । यसो भयो भने सिकाइ अर्थयुक्त हुन्छ । स्थायित्व हुन्छ । बाघको धारणा दिनुप¥यो भने तिम्रा घरमा भएको बिरालोजस्तै हुन्छ भनेर सिकाउनुप¥यो । यसो भयो भने सिकाइ दिगो हुन्छ । अब हरेक कुराको कारण खोज्न लगाएर, दर्शन खोज गर्न लगाएर, असर खोजी गर्न भनेर, सिद्दान्त र व्यवहारको खोज गर्न लगाएर सिकाउनुपर्छ । घोकन्ते विधि होइन परियोजना विधि भित्र्याउनुपर्छ । अब शिक्षक÷शिक्षिका होइन सहजकर्ता बन्नुपर्छ । अनि मात्र सिकाइ हुन्छ ।

बच्चा धान्ने कसरी
विद्यालयमा भर्ना भएका बच्चालाई धान्न सक्नु पनि आजको आवश्यकता हो । बीचैमा पढाइ नछोडून् भनेर ख्याल गर्न जरुरी छ । कक्षा १ मा भर्ना भएका कति विद्यार्थी १२ कक्षामा पुग्छन् भन्ने प्रश्न अहिलेको महत्वपूर्ण सवाल हो । अहिले कक्षा छाड्ने दर उच्च छ । कक्षा ५,८ र १० मा विद्यार्थी टिकाउ दर विगतमा क्रमशः ८८.३, ७७.४ र ५७.१ प्रतिशत मात्र थियो । यसमा अहिले पनि खासै सुधार हुन सकेको छैन । यो ज्यादै न्यून दर हो । विद्यार्थीले किन कक्षा छाड्छन् ? किन विद्यालयले उनीहरूलाई धान्न सक्दैन ? यसको खोजिनीति पनि हुनुपर्छ । पहिलो कुरा सिकाइसँग सम्बन्धित रहन्छ । सिकाइ उपयुक्त भएन, विद्यालयको वातावरण बालमैत्री भएन भने पनि विद्यार्थी टिकाउन सकिँदैन । कुनै पनि विद्यालय २ सय २० दिन खुलेकै हुनुपर्छ । १ सय ८० दिन सिकाएकै हुनुपर्छ । बिहान १० बजे विद्यालय पुगेको बच्चाले ७ पिरियड पढ्न पाउनैपर्छ । यो उसको अधिकार हो । विद्यालय सुशासनले पनि यही भन्छ । यति भयो भने टिकाउ दर उकालो लाग्छ । सिकाइको परम्परागत विधिको सट्टा आधुनिक प्रविधिमैत्री विधि उपयोग गर्नुपर्छ । अनि मात्र टिकाउ दर बढ्छ ।

स्थानीय, प्रदेश र केन्द्र सरकारबीच सहकार्य र समन्वयको वातावरण भयो भने मात्र शैक्षिक अवस्थामा सुधार हुन्छ

अहिले हामीकहाँ यी कुनै पनि कुराको मतलव गरिँदैन । विद्यार्थी टिके पनि नटिके पनि फरक नपर्ने भएपछि टिकाउका लागि किन मिहिनेत गर्नुप¥यो भन्ने सोच विकसित भएको छ । यसमा सुधार हुनुपर्छ । टिकाउको जिम्मा विद्यालयले लिनुपर्छ । वातावरण बनाउने काम विद्यालयको हो । यसका लागि को कसको सहयोग लिने हो भन्ने कुरा विद्यालयले जान्ने कुरा हो । आजभोलि छात्राहरूका लागि छुट्टै शौचालय, महिनावारी हुँदाका बखत सेनिटरी प्याडको व्यवस्था सरकारले गरिदिएको छ । यो विद्यार्थी नियमितता र टिकाउका लागि उपयुक्त कदम हो । यसलाई स्थानीय सकारले निरन्तरता दिनुपर्छ । केन्द्रको मात्र मुख ताक्नुहुँदैन । माग बढेको छ । कति विद्यालयमा त यी सुिवधा छन् । कतिले संघसंस्था गुहारेर प्याडको सौजन्यता खोजेका छन् । गत वर्षदेखि सरकारले निःशुल्क प्याड वितरणको थालनी गरेको छ । यो सकारात्मक पक्ष हो यसलाई निरन्तरता दिनुपर्छ । यस्ता ठाउँमा टिकाउ प्रवृत्तिमा सुधार आएको पनि छ । अब यसो नगरेकाहरूले पनि गर्न जरुरी छ । शौचालयसमेतको भौतिक व्यवस्थापनको काम स्थानीय सरकारको हो । यसो भयो भने मात्र विद्यालय छाड्ने दरमा कमी आउँछ ।

सहकार्यको जरुरी
विद्यालयमा झिकाउने, आएका बच्चालाई सिकाउने र विद्यालयमा टिकाउने कामका अलावा आजको शिक्षा बजारमा बिकाउने खालको पनि हुनुुपर्छ । निश्चित तह पार गरेपछि बिकाउका लागि रोजगारीको क्षेत्र किटान गर्नुपर्छ । बजारको प्रबन्ध गर्नुपर्छ । हाट बजारको व्यवस्थापन गर्नुपर्छ । यसका लागि तीनवटै सरकारबीच सहकार्य चाहिन्छ । परम्परागत सीपमा आधारित भएर स्थानीय पाठ्यक्रम बनाउनुपर्छ । स्थानीय पाठ्यक्रमले बिकाउमा सहयोग पु¥याउँछ । यसका लागि प्रदेशमा प्रदेश सरकार र केन्द्रमा संघीय सरकारको पनि सहयोग जरुरी हुन्छ । तीनैथरी सरकार अर्थात् संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएर मात्र शिक्षाको झिकाउ, सिकाउ, टिकाउ र बिकाउ अभियान पूरा हुन्छ । प्रदेश सरकारले संविधानको अनुसूची ९ अनुसार स्थानीय सरकारलाई सघाएको हुनुपर्छ । प्रदेश सरकारले बालबालिकालाई झिकाउने, सिकाउने, टिकाउने र बिकाउने कामका लागि स्थानीय सरकारलाई प्रतिस्पर्धी बनाउनुपर्छ । बेलायतको प्रदेश सरकारले कमजोर पालिकालाई सघाउँछ । अमेरिकामा कमजोर तथा बलिया दुवै पालिकालाई त्यहाँको प्रदेश सरकारले सघाउने गरी कोषमा रकम दिने गर्छ । हाम्रोमा पनि यो चलन भित्र्याइनुपर्छ । पालिकाहरूले यही कोषको रकम प्रयोग गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्छन् ।

एक शैक्षिकसत्रमा यति शैक्षिक उपलब्धि बनाउँछु भनी शिक्षकले प्रअसँग सम्झौता गर्नुपर्छ । प्रअले विव्यससँग गर्नुपर्छ । विव्यसले स्थानीय सरकारसँग गर्नुपर्छ । स्थानीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर बर्सेनि शैक्षिक उपलब्धिको परीक्षा सञ्चालन गरी पालिकागत उपलब्धि स्तर निकाल्नुपर्छ । प्रदेशअन्तर्गतको पालिकाको उपलब्धिको तुलना गर्नुपर्छ । शिक्षा मन्त्रालयले कर्मचारी खटाउँदा जिल्लाको र आफूअन्तर्गतको पालिकाको शैक्षिक उपलब्धि यति गर्नेछु भनी एक वर्षको सेवा करार गराएर मात्र कर्मचारी खटाउनुपर्छ । अवधि पुगेपछि सम्झौता पल्टाउनुपर्छ । उपलब्धिको समीक्षा गर्नुपर्छ । भनेजति गर्नेलाइ यथावत् गर्न दिनुपर्छ । कम गर्नेलाई आगामी दिनमा अवसरबाट वञ्चित गर्नुपर्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच तालमेल, सहकार्य र समन्वयको वातावरण बनाइनुपर्छ । यसो भयो भने मात्र आजको शैक्षिक अवस्था माथि बढ्छ ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

प्रारम्भिक छनोटमा ५० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक...

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

साताका लोकप्रिय समाचार

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

१ करोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

  लहान । विभिन्न जघन्य अपराधमा संलग्न आरके यावदव भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । पक्राउ परेका यादवमाथी नेपाल र भारतमा विभिन्न समयमा व्यक्ति हत्या,...

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

ट्रेन्डिङ

भारतको मध्य प्रदेशका नौ जिल्ला कोरोनामुक्त घोषित

भूपाल । भारतको मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले...

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको...

कोरोना भाइरस संक्रमण १९७ देशमा, मृत्यु हुनेको संख्या १९ हजार नजिक

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार नजक पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै २...

श्रावणमा व्रत बस्नु कति वैज्ञानिक ?

सुख र समृद्धिको प्रतीक मानिने गाढा हरियो रङको मेहन्दीले श्रीमान्को आयु लम्बिने शुभ कारक तŒवको रूपमा लिइन्छ । यसैले विवाहको समयमा पनि देशभरिका विवाहमा...

१२७ विद्युत् आयोजनाको लाइसेन्स रद्द

काठमाडौं । विद्युत् विकास विभागले ३ हजार ४ सय ४४ मेगावाटका १ सय २७ आयोजनाको लाइसेन्स रद्द गरेको छ । जलविद्युत् आयोजनाको सर्वेक्षण र...

महामानव गौतम बुद्ध

नेपालको लुम्बिनीमा जन्मेका महामानव गौतम बुद्धको यो वर्ष २५६४औं जन्मजयन्ती हो । वैशाख पूर्णिमाको दिन जन्मिएका गौतम बुद्धकी आमा मायादेवीको उनी जन्मिएको ७औं दिनमा...

प्रदर्शन मिति तय भयो परदेशी–२ को

काठमाडौं । चलचित्र ‘परदेशी–२’ छायांकन सकिएको छ । गत चैतमा कोरोनाको कारण छायांकन रोकिएको यो चलचित्रको बाँकी छायांकन गत महिनाबाट गरिएको थियो । निर्माता...

दाइजो सामाजिक कलंक

हाम्रो समाजमा विवाहवारीको समयमा उपहारस्वरूप दिइने दाइजो प्रथाले विकृतिको रूप लिँदै आइरहेको छ । विशेषगरी तराईका जिल्लामा दाइजो प्रथाले अपराधको रूप लिँदै आइरहेको छ...

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

रियल एक खेल अगावै ला लिगा च्याम्पियन

मड्रिड । कोरोना महामारीपछिको खेलमा लगातार १० खेलमा जित निकाल्दै रियल मड्रिड एक खेल बाँकी छँदै यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनेको छ...

चार वर्षमा ६ किलोमिटर कालोपत्रे !

काठमाडौं । संघीय राजधानी काठमाडौंकै सडकखण्ड ठेक्का सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्र कालोपत्रे भएको छ । चावहिल–साँखु...

पश्चिमी वायुको प्रभाव : तीन दिन वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)