काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५ मा फर्किन नमानेमा नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने भएका छन् ।
शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको थियो । ‘ओली आफ्नै अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् ।’ एक सांसदले भने ।
प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । यदि सहमति नभएमा नेपाल पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् ।
सामुहिक राजीनामाकै सन्दर्भमा केन्द्रित रहेर नेपाल समुहको आइतवार स्थायी समिति बैठक बस्ने भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)






