Friday, June 18, 2021
Home Exclusive कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

महेश्वर गौतम,

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको छ ।

कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव आफैं नल्याउने, प्रतिनिधि सभामा विश्वास मत पनि नदिने र उनलाई ‘फेल’ गराएर आफ्नै नेतृत्वमा ‘वैकल्पिक सरकार बनाउने’ र आफ्नै नेतृत्वमा देशलाई चुनावमा लैजाने रणनीति बनाएको हो ।

कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले ‘लोकतान्त्रिक मूल्यविपरीत सरकारले काम गरिरहेकाले ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको’ बैठकमा बताए । ‘ओलीको विकल्प खोज्ने हो, पार्टीले नै निर्णय गरिसक्यो, विश्वासको मत नदिने, फेल गराउने हो,’ बैठकमा धारणा राख्दै देउवाले भने ।

सांसदलाई पछिल्लो राजनीतिक अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै देउवाले कानुनविद् र अन्य दलसँग छलफल गरेर आवश्यक कदम चाल्नेसमेत बताएका छन् ।

‘संविधानले परिकल्पना गरेको सबै कोर्स पूरा नभई प्रधानमन्त्रीले निर्वाचन गर्न सक्दैन,’ देउवाले भने, ‘सबै कोर्ष पूरा गर्दा कांग्रेसले सरकारमाथि दावा गर्नेछ ।’ बैठकमा प्रधानमन्त्री ओलीका गलत कदमपछाडि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत साथ दि“दै आएको भन्दै उनले आपत्ति नै जनाए ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने विषयमा बैठकले निर्णय गरेको जानकारी दिए ।

‘पार्टीले केन्द्रीय समिति बैठकबाटै सरकार चलाउन प्रधानमन्त्री ओली पूर्णअसफल भएको भनिसकेको छ,’ कांग्रेस प्रमुख सचेतक खाँडले राजधानीसँग भने, ‘केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने भनिसकेकाले सोही निर्णय नै संसदीय दलले अनुमोदन गरेको छ ।’

बैठकले भोलि सोमबार प्रधानमन्त्री ओलीले संसद्मा विश्वास मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा विशेष अधिवेशन बोलाइएको अवस्थामा ‘विश्वास मत नदिने र उनलाई असफल बनाउने निर्णय गरेको’ खाँडले जानकारी दिए ।

यसका लागि अन्य विपक्षी दललाई समेत विश्वास मत नदिन आग्रह गर्ने नीति कांग्रेसले लिएको छ । संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे प्रतिपक्षी दलसँगको संवाद कांग्रेसले तीव्र बनाउँदै आएको छ ।

कांग्रेसपछिको अर्को विपक्षी दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने जसपामासमेत प्रधानमन्त्रीलाई सघाउने पक्षमा मतैक्यता छैन । सत्ताधारी एमालेकै माधव नेपाल समूहसमेत प्रधानमन्त्री ओलीको पक्षमा छैन ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

साताका लोकप्रिय समाचार

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ...

खुल्यो निषेधाज्ञामा कर उठाउने बाटो

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीमै कर उठाउन बाटो खुला गरिदिएको छ । यसअघि निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर नतिरे...

जोकोभिचलाई फ्रेन्च ओपन उपाधि

पेरिस । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै...

सुदूरपश्चिमले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

  धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले...

गण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ...

ट्रेन्डिङ

महिला किसानले बुझाए कृषिमन्त्रीलाई ४१ बुँदे ज्ञापनपत्र

काठमाडौँ । महिला किसानले कृषि तथा पशुपन्छि विकास मन्त्री पद्मा कुमारी अर्याललाई ४१ बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रांगारिक कृषि उत्पादन अभियान नेपाल र...

सञ्चारकर्मी ज्ञवालीको ‘एक लभर’

काठमाडौं । सञ्चारकर्मी रामजी ज्ञवालीले नयाँ लघु चलचित्र ‘एक लभर’ दर्शकमाझ ल्याएका छन् । यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनालार्य मध्यनजर गरेर तयार पारिएको...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रीपरिषदबैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका...

कोरोना भाइरसको कारण राष्ट्रपति कृष्ण मन्दिरमा दर्शनका लागि नजाने

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण यसपाली राष्ट्रपति विद्यादेवी भण्डारी पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थ सहभागी नहुने भएकी छिन् । राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै कृष्णमन्दिरमा...

दिल्लीवासीलाई काेराेनाकाे तेस्राे लहरबाट जाेगाउन यस्ताे तयारी गर्दैछन् केजरीवाल

नयाँ दिल्ली ।  भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् । उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न...

छोरीको करले पुन : विवाह गर्दै अञ्जु पन्त

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिट् । संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः...

सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु...

सप्तरीमा पट्रोलमा कालो बजारी गर्ने ३ जना पक्राउ

राजविराज । सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा...

लेबनानमा विस्फोटमा मृत्यु हुनेको संख्या सय नाघ्यो, चार हजारबढी घाइते

बेरुद । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ ।...

रानीपोखरीमा धमाधम पानी जम्मा गरिँदै

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानी पोखरीको पुनर्निर्माणको अधिकांश काम सम्पन्न भएसँगै अहिले धमाधम पानी जम्मा गर्ने काम...

रञ्जन रिहा प्रकरण : न्याय प्रशासनमा गम्भीर प्रश्न

काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

तलब कटौती गर्दै नेयमार बार्सिलोना जान तयार

पेरिस । ब्राजिली स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट क्याटलान क्लब बार्सिलोना फर्कन आफ्नो पारिश्रमिकको ५० प्रतिशत कटौती गर्न तयार रहेका बताएका छन् ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)