बामदेव गौतम भन्छन् ‘झलनाथ, माधवले नयाँ पार्टी बनाए म त्यसमा सामेल हुन्छु’

काठमाडौं । नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालले अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने बताएका छन् ।

गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेपछि आफ्नो दुई बुँदे धारणा सार्वजनिक गरेका हुन् । ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको प्रष्ट पारेको गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले बताए ओलीले आफू अघि बढिसकेको बताउँदै साथ दिन आग्रह गरेपछि गौतमले भने ‘त्यसो भए म तपाईको साथमा छैन ।’

वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा आफ्नो सहमति नभएपनि यदि उनीहरुले नयाँ पार्टी बनाए आफु सामेल हुने गौतमले बताए ।

‘उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’ गौतमले भने ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

epaper

ताजा समाचार

आझेलमा ऐतिहाँसिक जोगिथुम भगवती मन्दिर