Friday, June 18, 2021
Home Editor-Picks गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

विजय नेपाल,

पोखरा । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो ।

मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै काँग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् ।

राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको बताए । त्यसो त पार्टी सचेतक पियारी थापाले सोमबार कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाउन आफ्ना सदस्यलाई ह्वीप जारी गरेकी थिइन् । ह्वीप समेत अस्वीकार गरेका थापालाई पार्टीले के कस्तो कारबाही गर्ने हो छलफल हुन बाँकी रहेको बरालले बताए ।

नयाँ सरकार गठनमा काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ ।
२७ वैशाखको लागि संसदमा मतविभाजन तोकिएको अघिल्लो दिन आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छन् । सोको समयसीमा बुधबार सकिँदैछ ।

सचेतक पियारी थापा नयाँ सरकार गठनका लागि लागि पर्दा संसदीय दलका नेता कृष्ण थापा मुख्यमन्त्री गुरुङप्रति लचिलो देखिँदै आएका छन् ।

गण्डकीमा नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । काँग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ ।

एमालेसँगको एकताका कारण बागलुङमा जनमोर्चा विजय भएको र वर्षौदेखिको दोस्ती र स्थानीय नेता, कार्यकर्ता दबाबका कारण पनि सांसद थापाले कांग्रेससँग सहमतिको सरकारमा अनिक्षा देखाएका हुन् । बागलुङमा कांग्रेसकै कारण आफ्ना नेता, कार्यकर्ताले दुःख पाइरहेको र झुटा मुद्दामा फसाएकाले कांग्रेसकै नेतृत्वमा जान नहुने उनको अडान थियो । जसकारण गण्डकीमा जनमोर्चा विभाजित भएको हो । सचेतक पियारी थापा भने नयाँ सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएकी छन् । जनमोर्चाका शीर्ष नेतासहितको बैठक मंगलबार बसे पनि हस्ताक्षर गर्न सांसद थापाले नमान्दा नयाँ सरकारको विकल्प झिनो बन्दै गएको हो ।

बहुमत जुटाउन नसके संविधानको धारा १६८ (३) बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । त्यसरी पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्री दोहोरिने छन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यदि उनले विश्वासको मत लिन सकेनन् भने संसद विघटनसम्म भई ६ महिनाभित्र निर्वाचनमा जानुपर्ने हुन्छ ।

(Visited 166 times, 1 visits today)
Loading comments...

आजको समाचार

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

साताका लोकप्रिय समाचार

महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी सहमहामन्त्री...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

  संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

ट्रेन्डिङ

लोकतन्त्रमा दलहरू फुट्नु हुन्न

राजनीतिक दलहरू लोकतन्त्रका पर्याय हुन् । राजनीतिक दललाई आधुनिक राजनीतिको जीवनरेखा (लाइफलाइन) समेत मान्ने गरिएको छ । विशेषगरी सैद्धान्तिक रूपमा भन्ने हो भने हरेक...

कोरोना संक्रमित गाउँपालिका अध्यक्षले भने- मेरो स्वास्थ्य अवस्था सामान्य छ

गुल्मी । गुल्मीमा एकजना कोरोना संक्रमित गाउँपालिका अध्यक्षले प्रेस विज्ञप्ति जारी गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले मंगलबार एक प्रेस विज्ञप्ति...

कोरोना, लकडाउन र अर्थतन्त्र

सरकारले सीमानाकाबाट आवागमन रोक्न र घरबाहिर ननिस्कनका लागि लकडाउनको अवधि २५ चैतसम्म पु¥याएको छ । योसँगै कोरोना भाइरस संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र...

२४ घण्टामा ७८२ जनामा कोरोना पुष्टि, १६ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार ७०६ जनाको परीक्षण गर्दा थप ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

एमालेकाे १२१ र जसपाकाे १६ जनाकाे हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीकाे पनि दाबी

काठमाडाैं ।  नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी...

इलामका स्थानीय तहमा एकै वर्षमा ५३ करोडभन्दा बढी बेरुजु

इलाम । इलामका स्थानीय तहमा एकै आर्थिक वर्षमा ५३ करोड रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५७ औं प्रतिवेदनमा इलामका...

भारतमा १० दिनसम्म यात्रुवाहक रेल सेवा बन्द

एजेन्सी । भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रुवाहक रेल सेवा...

ओलम्पियनसहित ८९ जनाको कोरोना बिमा

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना भाइरस (कोभिड–१९) को बिमा गराएको छ । एनओसीले शुक्रबार विज्ञप्ति जारी गर्दै एनओसीका...

सप्तरीमा कोरोनाबाट मृत्यु भएका बृद्धको परिवारका सबै जना संक्रमित

सप्तरी । पछिल्लो समय मुलुकमा कोरोना संक्रमित हुनेको दर घट्दै गएको बेला सप्तरीमा भने लगातार संक्रमित फेला पर्न थालेपछि स्थानियवासी त्रसित भएका छन् ।...

बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप ७ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६...

११ वर्षपछि स्कटल्यान्डमाथि चेक रिपब्लिकको जित

ग्लास्गो । चेक रिपब्लिकले ११ वर्षपछि स्कटल्यान्डलाई पराजित गरेको छ । युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा प्याट्रिक सिकको दुई गोल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)