Tuesday, June 22, 2021
Home Breaking News १ करोड ९० लाख खोपबाट वञ्चित

१ करोड ९० लाख खोपबाट वञ्चित

प्रशान्त वली,

काठमाडौं । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो ।

मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । लक्षित जनसंख्यामध्ये ९ दशमलव ६ प्रतिशतले खोप लगाएको आँकलन छ । ३ लाख ६८ हजारले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । अझै खोपलक्षित जनसंख्यामध्ये अनुमानित १ करोड ९० लाख नागरिक वञ्चित देखिन्छन् ।

– निकट भविष्यमै कोभिसिल्ड लगाइने
– २ जेठदेखि भेरोसिल लगाइँदै

सरकारले कोभिड खोपलक्षित समूहको प्राथमिकीकरण गरेको थियो । जसअन्तर्गत स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी ५१ लाख ६४ हजार २ सय ६९, ४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख १ हजार १ सय ४ र १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जना खोप लगाउने लक्ष्य लिएको थियो । तर, अधिकांश अभियानबाट वञ्चित छन् ।

२३ फागुन २०७७ बाट ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्ड खोप लगाउने अभियान सुरु भएको हो । विज्ञका अनुसार कम्तीमा ८ देखि १२ साताभित्र खोप दोस्रो डोज दिइसक्नुपर्नेहुन्छ । यो आधारमा दोस्रो मात्रा दिने अभियान ढिलोमा पनि १५ जेठ सुरु गर्नुपर्नेहुन्छ । तर, पर्याप्त मौज्दात नहुँदा खोप अभियान ‘कहिलेदेखि सुरु गर्ने ?’ भन्ने अन्योल छ । कोभिसिल्ड नगन्य मात्रामा छ ।

पहिलो मात्रा लगाएको १२ साताभित्र खोप लगाउँदा प्रभावकारी मानिन्छ । जहिले खोप दिए पनि अब दोस्रो मात्रा दिने हो, दोहो-याउनुपर्दैन ।
खोप विज्ञ, डा. श्यामराज उप्रेती

खोपविज्ञ डा. श्यामराज उप्रेती पहिलो डोज लगाएको १२ सातासम्म लगाउँदा प्रभावकारी मानिने बताउँछन् । ‘पहिलो डोज लगाएको १२ साताभित्र प्रभावकारी मानिन्छ,’ उनी भन्छन्, ‘जहिले खोप दिए पनि अब दोस्रो मात्रा दिने हो ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार हालसम्म भारतबाट १० लाख डोज कोभिसिल्ड र चीन सरकारबाट ८ लाख डोज भेरोसिल खोप अनुदान प्राप्त भएको छ । खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप, कोभ्याक्समार्फत ३ लाख ४८ हजार डोज आएको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले भारतबाट निकट भविष्यमै खोप प्राप्त हुने जानकारी दिए । ‘अमेरीका, रुस, बेलायत, चीनलगायत देशसँग खोप उपलब्धता सम्बन्धमा वार्ता भएको छ,’ उनले भने, ‘सक्दो पहल गरिरहेका छौं ।’

खोप प्राप्त गर्न नसक्नुको कारण उद्योगमा आगलागी, भारतमा फैलिँदो महामारीपछि निर्यातमा प्रतिबन्ध हुँदा खरिद गरिएको १० लाख डोज आउन सकेको छैन ।

सरकारले आगामी २ जेठदेखि काठमाडौंमा दोस्रो चरणअन्तर्गत चिनियाँ खोप भेरोसेल लगाउने भएको छ । दोस्रो चरणअन्तर्गत १८ माथि ५९ वर्षसम्मकालाई लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

औषधि व्यवस्था विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड खोप, रुसी खोप ‘स्पुटनिक–भी’, सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको ‘सार्स–कोभ–२ भ्याक्सिन (भेरो सेल) प्रयोगका लागि अनुमति दिइसकेको छ ।

सक्रिय संक्रमित एक लाख नाघे
देशभर सक्रिय कोरोना संक्रमित संख्या १ लाख नाघेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको छ । जसमध्ये संस्थागतमा ७ हजार २ सय ९१ र होम आइसोलेसनमा ९४ हजार ३ सय छन् ।

त्यस्तै, बुधबार देशभर ९ हजार ३ सय ५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६८ संक्रमितको मृत्युसँगै मृतक संख्या हालसम्म ४ हजार २ सय २५ पुगेको छ ।

देशभर ५ सय १७ क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ व्यक्ति निको भएका छन् ।

(Visited 567 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

साताका लोकप्रिय समाचार

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

  काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको...

निशाको स्वास्थ्यमा सुधार

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

विद्यालयकै अब्बल कहलिए फरक क्षमताका यी छात्र

दैलेख । कमजोर शारीरिक अवस्था । अस्पष्ट बोली । माथिल्लो ओठ जन्मजात फाटेको । दैलेख गुराँस गाउँपालिका–३ का वीरबहादुर बुढाको शारीरिक अवस्था हो यो ।...

ट्रेन्डिङ

ललिता निवास जग्गा प्रकरण : थप क–कसको नाममा म्याद जारी भयो

काठमाडौं । विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । ९ फागुनसम्म अदालतले...

ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

फिदिम । इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि...

नयाँ पुस्ताले इतिहासको अध्ययन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ । इन्द्र दह एकीकृत पर्यटन...

भ्रष्टाचार बढेको भन्दै राजदेवी नगरपालिका अगाडि सर्वदलीय धर्ना

गौर । रौतहटको राजदेवी नगरपालिकाका नगरप्रमुख धीरेन्द्र कुमार सिंहले भ्रष्टाचार र अनियमितता गरेको भन्दै नेता तथा स्थानीयले नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् । शुक्रबार...

कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुसहित परिवारका ५ सदस्यमा कोरोना नभएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाकी नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा...

कोरोनाको कारण मनाङमा यार्सागुम्बा टिप्न प्रतिबन्ध

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा कोरोना भाइरस (कोभिड– १९) संक्रमणका कारण यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ । नेपालमा पनि कोरोना भाइरस...

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, ‘अब बाँचिन्छ होला’

ताप्लेजुङ । बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार...

बझाङ जिल्ला कोरोनाको उच्च जोखिममा

बझाङ । जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीको २ वैशाखका दिन भिड थियो । मास्क प्रयोग गर्नेको संख्या भने न्यून थियो ।...

बिहीबारदेखि वर्षा र हिमपात हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल...

नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिवको भ्रमण तय

काठमाडौं ।  नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव हर्षबर्द्धन सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउने भएका छन्। कात्तिक १९ देखि दुई दिनसम्म भएको भारतीय...

बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको...

पार्टी एकता काम अढाई बर्षमा पनि पूरा भएन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्षनेताले तीन महिनाभित्रै पार्टी एकताको सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)