Friday, July 23, 2021
Homeप्रदेशप्रदेश ३एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

सुभाष साह,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ ।

पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने भएको छ । एकता र समझदारी वृद्धि तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोधबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने पनि निर्णय भएको रावलले बताए ।

सर्वोच्च अदालतको फैसलाअनुसार एमाले ब्युँतिएपछि शीर्षनेताबीच विवाद भएको थियो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएपछि विभाजननजिक पुगेको थियो । ‘पार्टी एकता जोगाउन’ भन्दै नेता–कार्यकर्ताले दबाब दिएपछि उनीहरू कार्यदल गठन गर्न बाध्य भए ।

गत आइतबार ओली र नेपालबीच भएको छलफलले १० सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदललाई पार्टीभित्रको विवादबारे छलफल गरे समाधानका सुझाव दिने अधिकार दिइएको छ ।

कार्यदलमा अध्यक्ष ओली समूहबाट सुवास नेम्वाङ नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता नेपाल समूहबाट भीम रावल नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । मंगलबारको बैठकमा पौडेल र पोखरेल काम विशेषले अनुपस्थित रहेका छन् ।

यसैबीच, राष्ट्रिय सभा उपनिर्वाचनमा आफूलाई सहयोग गर्न भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वरिष्ठ नेता नेपाललाई भेटेका छन् ।

नेपाल निवास कोटेश्वर पुगेर बादलले मंगलबार छलफल गरेका छन् । बादलको आग्रहपछि पूर्ण सहयोग गर्ने बचन नेपालले दिएका छन् । बादलका प्रेस सल्लाहकार किरण भट्टराईले उपनिर्वाचनमा सहयोग गर्ने विषयमा छलफल भएको प्रस्ट पारे ।

तर, नेपाल सचिवालयले भने बादललाई सहयोग गर्ने भन्ने विषयको भ्रममा नपर्न आग्रह गरेको छ । ‘नेपालले चुनाव जिताउने प्रतिबद्धता जनाएको’ भनेर प्रचार गरिएको भन्दै सचिवालयले खण्डन गरेको हो ।

नेपाल सचिवालय सदस्य मोहन गौतमले दुई नेताबीच भेटवार्तामा बादलले सहयोग गर्न आग्रह गरे पनि नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले ‘अहिले अन्यथा गर्न नसक्ने’ स्पष्ट पारेको बताएका छन् ।

Loading comments...

आजको समाचार

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु-याउने निर्णय गरेको छ । साथै बैठकले...

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९को बजेट (अध्यादेश)मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकलाई एक महिना अवधिको भिसा शुल्क छुट दिने भनिए पनि...

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

साताका लोकप्रिय समाचार

माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला

रौतहट । एमाले नेता माधव कुमार नेपालको बिरोध गदै मंगलबार नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकताहरुले रौतहटको चन्द्रनिगाहपुरमा रहेको घर अगाडी पुत्ला दोहन...

‘ए’ डिभिजन लिगबारे ४ क्लबको असहमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ असोजबाट आयोजना गर्ने तयारी गरिरहेको शहीद स्मारक ‘ए’ डिभिजन तोकिएको मितिमा हुनेमा शंका बढेको छ ।...

रेलमा झेलैझेल

काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा...

विभेदको जड राजनीतिक स्वार्थ

दलितलाई भाडामा कोठा पाउनै कठिन । बस्दै आएकाले पनि दलित भनी चिनिएकै कारण कोठा छोड्नुपर्ने । दलितप्रति घरबेटीकै व्यवहार फरक हुने भन्ने गुनासो बराबर...

उडान संख्या बढेसँगै आन्तरिक हवाई भाडादर घट्यो

काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै बढाइएको उडान संख्याका कारण आन्तरिकतर्फको हवाई भाडादर घट्न थालेको छ । धनगढी–काठमाडौंका लागि प्रतियात्रु...

ट्रेन्डिङ

लोक सेवा आयोगका सबै काम ठप्प, परीक्षा र नतिजा रोकिने

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले समयमा नै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्ने भएको छ । बढ्दो...

एक वर्षमा झन्डै ४ खर्ब राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व विभागले एक वर्षको अवधिमा ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाएको छ । विश्व महामारीका रूपमा संसारभर फैलिएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?