अभिभावक बिहिन बालबालिकालाई रमितको सहयोग

काठमाडौं । निषेधाज्ञा सुरु हुनु केही दिन अघि अमेरिकाबाट नेपाल फर्किएका अभिनेता रमित ढुंगाना अहिले समाज सेवामा सक्रिय छन् । गएको साता झापा पुगेर आफु गुडविल एम्वास्डर रहेको ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट भुटानी शरणार्थीहरुलाई स्वास्थ्य तथा खाद्यान्न सहयोग गरेका थिए ।

सोमबार मात्रै राजधानी फर्केका रमितले मंगलबार जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’लाई एक लाख रुपैयाँ नदग सहयोग गरेका छन् । विगत १३ वर्षदेखि संस्था चलाइरहेकी श्वेता केसीलाई फाउण्डेसनमै पुगेर रमितले उक्त रकम हस्तान्तरण गरे । फाउण्डेसनमा अभिभावक विहीन बनेका २५ जना बालबालिका छन् ।

‘कोरोना महामारीको यो अवस्थामा बाँचौ र बचाऔं’ भन्ने उद्देश्यले सहयोगको लागि अघि बढाइरहेको छु, रमितले भने, ‘अफ्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नु कर्तव्य हो भन्ठानेँ ।’ रमितले भने ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई