वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलाश गठन गरेका हुन् ।

वरिष्ठताको क्रममा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चौथो नम्बरमा रहेकोमा उनी होम आइसोलेसनमा रहेकाले उनी पछाडिको वरीयतामा रहेका खतिवडा इजलासमा परेका हुन् । यसअघि संसद विघटनविरुद्धका रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्दा वरिष्ठताको क्रम मिचेको भन्दै प्रधानन्यायाधीश जबराको आलोचना हुँदै आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को