Friday, June 18, 2021
Home प्रदेश प्रदेश ४ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, पाएनन् विश्वासकाे मत

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, पाएनन् विश्वासकाे मत

विजय नेपाल,

पोखरा । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले स्वतः पदमुक्त भएका छन् ।

मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा २७ मत मात्रै परेकाले उनी पदमुक्त भएका हुन् ।

दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीका रूपमा निरन्तरताका लागि उनलाई प्रदेशसभामा कायम कुल ६० सांसदको बहुमत अर्थात ३१ मत आवश्यक थियो ।

५८ जना सांसद उपस्थित प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २७ मत प¥यो भने ३० जना सांसदले विपक्षमा मतदान गरेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

यस्तै, १ जना तटस्थ बस्दा १ जना अनुपस्थित रहे । राष्ट्रिय जनमोर्चा नेपालका सांसद कृष्ण थापा दलको ह्वीप विपरीत पुनः तटस्थ बसेका हुन् भने युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अनुपस्थित रहेका हुन् ।

अब गण्डकीमा संविधानको १६८ (५) बमोजिम प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान हुनेछ । गण्डकीमा कुल ६० सदस्यमध्ये नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का ३, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र १ सदस्य हुन् ।

बिहीबारको कार्यसूची अनुसार सर्वप्रथम मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । सोसम्बन्धी प्रस्तावमाथि दलका नेताले छलफलमा भाग लिएपछि त्यसको मुख्यमन्त्रीले जवाफ फर्काएका थिए । मध्यान्ह १२ बजे सुरु भएको संसद बैठक बीचमा ३० मिनेट स्थगितपछि पुनः सुरु भएको थियो । विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत भइ मत विभाजन सुरु हुँदा साँझ साढे ५ बजिसकेको थियो ।

मुख्यमन्त्रीको प्रस्तावमा गण्डकी प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ७ बमोजिम उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजन प्रक्रियामा सांसदको दस्तखत लिइएको हो । जसमा प्रदेशसभामा सभामुख आसनको दायाँ र बायाँका कक्ष खाली गराइएका थिए ।

मुख्यमन्त्रीको प्रस्तावको पक्षमा अर्थात ‘हुन्छ’ भन्नेमा सभामुखको दायाँतर्फकाे लवीमा र प्रस्तावको विपक्षमा अर्थात ‘हुन्न’ भन्नेमा सभामुखको बायाँतर्फकाे लवीमा वर्णानुक्रमअनुसारको आफ्नो नामको नामावली महलमा दस्तखत गर्नुपर्ने व्यवस्था थियो । मत विभाजनपछि पनि कुनै सदस्यले मत सच्याउन चाहेमा ३ मिनेट समय उपलब्ध गराइएको थियो ।

गत २९ वैशाखमा दोस्रो पटक गुरुङ मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई संविधानको धारा १६८ (३) बमोजिम संसदमा ठूलो दलको हैशियतले दलका नेताको रुपमा मुख्यमन्त्री नियुक्ति गरेकी थिइन् । संविधानको धारा १६८ (४) बमोजिम ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधानबमोजिम ठिक ३० दिनमा पोखरा सभागृहस्थित भवनमा सो प्रक्रिया भएको हो । उनीविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव पेस गरेकोमा मत विभाजनको अघिल्लो दिन २६ बैशाखमा पदबाट राजीनामा गरेकोमा ३ दिनभित्र दलहरुले सरकार बनाउन नसकेपछि प्रदेश प्रमुखले उनैलाई मुख्यमन्त्रीको अवसर दिएकी थिइन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ गण्डकीमा २०७४ फागुन ४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

सशस्त्र प्रहरीलाई नवनियुक्त गृहमन्त्रीको १२ बुँदे निर्देशन, बढुवा र थप जनशक्तिका लागि पहल गर्ने

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । त्यस अवसरमा उनले राष्ट्र र नागरिकको सेवा र...

मुख्यमन्त्रीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले शनिबार राति पद तथा गोपनीयताको...

महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी सहमहामन्त्री...

डक्टर बन्न पैसा नभएपछि कुटो समाउन पुगेका किसानको कथा

  ३७ वर्षिय रमेश वैद्यको प्राय समय खेतबारीमै बित्छ । सँधै झै हामी पुग्दा भक्तपुरको चाँगुनारायण वडा नम्बर २ स्थित ख्वप एग्रो कन्सर्न एण्ड रिसर्च...

ट्रेन्डिङ

कांग्रेस सभापति देउवाद्वारा आमन्त्रित केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका छन् । सभापति देउवाले मंगलबार जङ्गीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा)...

१२४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्याको ५० हजार नाघ्यो

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा १ हजार २४६ नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

चिकित्सकको निगरानीमा २८ संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना निको भएर शनिबार घर फर्किएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत...

फिफा कंग्रेसमा जान नपाउनु नै दुर्भाग्य

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ फिफा कंग्रेसमा जान नपाउनु नै नेपाली फुटबल...

झोक्राएका समाचार

शक्ति, साधन र पहुँचको नजिक हुने चाहनाले संकटमा परेका जनतासँग नजिक हुने आवश्यकतालाई पत्रकारिताले जोड्छ । कोभिड–१९ को महामारीले थिल्थिल्याउँदाको अवस्थामा जनतासमीप सञ्चारमाध्यम पुग्नैपर्छ...

बुन्डेस लिगा मे तेस्रो साता

म्युनिख । जर्मन फुटबल लिग (डीएफएल)ले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित त्रासका कारण स्थगित भएको जर्मन बुन्डेस लिगाको बाँकी मे तेस्रो साता गराउने निर्णय गरेका...

प्रदूषित वायुले काठमाडौँसहित देशका अधिकांश स्थानमा तुवाँलो

काठमाडौँ । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको...

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३९ हजार, ३५ हजारभन्दा बढीको मृत्यु (अपडेट)

पेरिस । कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म सात लाख ३९ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । विभिन्न मुलुकबाट एएफपीलाई...

गच्छदारको सांसद पद निलम्बित

काठमाडौँ । विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी गच्छदार सांसदबाट निलम्बित भएको जनाएको...

निषेधाज्ञा उल्लंघन गर्दै जनप्रतिनिधि

बाजुरा । निषेधाज्ञाका बेला बाजुरामा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् । नेपाली कांग्रेसका अभियानले कोरोना रोकथामका...

रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । परीक्षण गरिएका १६ मध्ये...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)