Tuesday, August 3, 2021
HomeBreaking Newsट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

टेनिस रोका,
sharethis

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् ।

मन्त्रिपरिषद् १५ पुस २०७६ को बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित कार्ययोजना कोरोना नियन्त्रणका लागि जारी लकडाउनपछि ओझेल परेको छ ।

सरकारले ११ चैत २०७६ मा पहिलोपटक लकडाउन गरेको थियो । यो वर्ष पुनः निषेधाज्ञा जारी छ । अघिल्लो वर्षको लकडाउनदेखि नै कार्ययोजना प्रभावित बन्न पुगेको हो ।

कार्ययोजनामा ३७ विषय उच्च प्राथमिकतामा राख्दै ‘कुन निकायले कुन काम कहिलेसम्म गर्ने ?’ भनेर किटान गरिएको छ । कार्ययोजनाअनुसार काम गर्ने समयसीमा भने नाघिसकेको छ ।

कार्ययोजनामा पेट्रोल पम्प सार्ने, ट्राफिक बत्ती मर्मत तथा नयाँ जडान, पेडेस्ट्रिअन लाइट, खाल्टाखुल्टी पुर्ने, कोटेश्वरको जाम हटाउन विकल्प खोजिने, नदी कोरिडोर निर्माणलाई तीव्रता दिने, होर्डिङ बोर्ड र पोल हटाउनेछन् ।

त्यस्तै, सार्वजनिक सवारीसाधनमा पिक एन्ड ड्रप प्रणाली लागू गर्ने, युटर्न गर्न नदिने, वान वे बढाउने, फुटपाथ व्यवस्थापन, रेलिङ निर्माण, जेब्राक्रस मर्मत तथा नयाँ निर्माण, सडक लेन मार्किङ, सीसीटिभी तथा मोबाइल सीसी क्यामेरा जडान तथा मर्मत, ओभर हेड ब्रिज निर्माणलगायत विषय कार्ययोजनामा समेटिएका छन् ।

सरकारले कार्ययोजना अघि सारेपछि नया“ बानेश्वर, माइतीघरलगायत स्थानमा ओभरहेड ब्रिज निर्माण भएको छ । कोटेश्वरको जाम हटाउन विकल्पका लागि सर्भिस लेन बनाउने काम जारी छ ।

कार्ययोजनाअनुसार समयमै सर्भिस लेन सम्पन्न नभए पनि सडक विस्तार कार्य जारी छ । कार्ययोजना सार्वजनिकलगत्तै खाल्टाखुल्टी पुर्ने कामले निरन्तरता पाउँदै आएको छ ।

उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती व्यवस्थापन भएको छ । तर, नयाँ जडान, नियमित मर्मत सम्भारलगायतका काम भने सुस्ताएका छन् ।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

साताका लोकप्रिय समाचार

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज ं(नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

पीसीआर परीक्षणसँगै खोप विस्तार आवश्यक

केही महिनासम्म निरन्तर निषेधाज्ञा लागू गरिए पनि पछिल्लो समयमा गरिएको कोरोना संक्रमण परीक्षणमा संक्रमण दर ह्वात्तै बढेर गएको छ । यो चिन्ताजनक विषय हो...

ट्रेन्डिङ

बामदेव प्रधानमन्त्रीको सम्भावित उम्मेद्वार ! संविधान संसोधनका लागि कमिटी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी गठन गरेको छ । शनिबार बालुवाटारमा...

मेयरले गैरकानुनी रकम निकासा गर्न खोजेको भन्दै फतुवा विजयपुरमा प्रदर्शन

गौर । आर्थिक वर्षको अन्त्यमा गैरकानुनी रुपले रकम निकाल्न खोजिएको भन्दै नगरवासीले फतुवा विजयपुर नगरपालिकाको कार्यालय घेराउसहित प्रदर्शन गरिएको छ । बुधबार सयौंको संख्यामा लक्ष्मिनियास्थित...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)