प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा पूजा

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहेको वेला उनको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा बिषेश पूजापाठ गरिएको छ ।

पसुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पशुपतिनाथमा आज पहिलो प्रहरको पुजा पाठ गराएका हुन् ।

मिर्गौला प्रत्यारोपणको सफलता सहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य सुभेक्षुकहरुको सहभागिता रहेको थियो ।

कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाईरहको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपतिनाथमा बिषेश पूजापाठ गराउन लागेको पनि जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा भागबण्डा मिलेन, गठबन्धन टुट्याे