परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण पौडेलले दिएको जानकारी अनुसार गत २४ घण्टामा १२ हजार ४ सय ६ जनाले मात्रै परीक्षण गराएका छन् ।

परीक्षण गराएकामध्ये २ हजार ४ सय ७ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । ‘परीक्षण गर्न हिच्किचाएको देखिएको छ,’ उनले भने, ‘क्षमताभन्दा आधाले मात्रै परीक्षण गराउनुभएको छ ।’

सरकारले लक्षण भएका विरामीलाई सरकारी अस्पतालमा निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाएको छ । एन्टीजेन परीक्षण पनि गाउँ–गाउँमा गर्ने व्यवस्था गरिएको छ । गत २४ घण्टामा ३ हजार ९ सय ९४ जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५ लाख ३१ हजार १ सय ५ रहेको छ ।

गत २४ घण्टामा ४६ जनाको संक्रमणबाट मृत्यु भएको छ । ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला ४४ वटा छन् । हाल ६ लाख ८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार र चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित