नेपालका हिउँ चितुवाले कसरी शिकार गर्छन्, अनुसन्धान हुने

 

भक्तपुर । गौरीशंकर संरक्षण क्षेत्रमा रहेको हिउँ चितुवाको खानासम्बन्धी खोज अनुसन्धान हुने भएको छ । त्यसका लागि नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरलाई फ्याकल्टी अनुसन्धान अनुदान प्राप्त भएको छ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले आर्थिक वर्ष २०७७/७८ का लागि उक्त फ्याकल्टी अनुसन्धान अनुदान दिएको हो । कलेजका डाक्टर नारायणप्रसाद कोजूलाई ४ लाख बराबर राशीको अनुदान रकम आयोगले दिएको हो ।

प्रारम्भिक अनुमानअनुसार विश्वमा हिम चिुतवाको संख्या ७ हजारको हाराहारीमा छ । नेपालमा ३ सयदेखि ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ

दुई वर्षअघि गौरिशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा पत्ता लगाउन सोध गरेका डा. कोजूलाई पुनः सोही क्षेत्रमा हिउँ चितुवाको आहारसम्बन्धी खोज अनुसन्धान गर्न आयोगले अनुदान दिएको हो । नेकमार्फत डा. कोजूले दुई वर्ष गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवाको आहारसम्बन्धी अनुसन्धान गर्नेछन् । ‘अब गौरीशंकर संरक्षण क्षेत्रमा रहेका हिउँ चितुवाको खाना अर्थात् उसले सिकार गर्ने जनावरको विविधता, त्यसको उपलब्धताका विषयमा दुई वर्ष काम गर्नेछु’ डा. कोजूले भने । डा. कोजूले सो क्षेत्रमा रहेका हिउँ चितुवाले कतिको आहार पाएका छन् ? त्यसको पनि अनुसन्धान गर्नेछन् । डा. कोजूको टिममा नेकका दुई जना मास्टर्सका विद्यार्थीसमेत सहभागी हुनेछन् ।

डा. कोजूकै टिमले डेढ वर्षअघि गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा रहेको पत्ता लगाएकोे थियो । ‘हामीले डेढ वर्षअघि त्यो ठाउँमा हिउँ चितुवा छ भन्ने पत्ता लगाएका थियौं, र यो पल्ट सोही ठाउँमा रहेका हिउँ चितुवाले खाने प्रजाति कुन–कुन रहेका छन् ? कुन–कुन सिजनमा कुन–कुन प्रजाति कति मात्रामा पाइन्छ ? भन्ने सोध अनुसन्धान गर्नेछौं,’ उनले भने ।
प्रारम्भिक अनुमानअनुसार विश्वमा हिम चिुतवाको संख्या ७ हजारको हाराहारीमा छ । नेपालमा ३ सयदेखि ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

नेकका प्रिन्सिपल प्राडा. हरिकृष्ण श्रेष्ठले कलेजको शाख बढाउन यस्ता सोध र अनुसन्धान आवश्यक रहेको बताए । फ्याकल्टी अनुसन्धान अनुदानले कलेजलाई आर्थिकभन्दा पनि शैक्षिक फाइदा हुने उनले बताए । रासस

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा
पूर्वसभामुख महराले पाए सफाई
यी क्षेत्रमा भारी वर्षा हुन सक्ने, सतर्कता अपनाउन अपिल
सडकका जनावर बचाउन शाहरुखको आग्रह
अंश छोडेर सम्बन्ध विच्छेद
अभिनेत्री रिश्ता भारतीय म्युजिक भिडियोमा

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी