काठमाडौं । कोरोना संक्रमणमा केही कमी आएसँगै सांगीतिक गतिविधि सुरु भएको छ । यसै सिलसिलमा आगामी भदौमा आयोजना गर्ने लक्ष्यसहित ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को तयारी सुरु गरिएको छ ।
यो अवार्डलाई क्वालिटी फिलिम्सले आयोजना गर्ने भएको छ । बिगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, वृत्तचित्र निर्माणसँगै गीतसंगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रालिले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड पनि आयोजना गर्न लागेको हो ।
क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताएका छन् । उमेशका अनुसार क्वालिटी इन्टरटेनमेन्ट अवार्डका लागि १७ असारबाट फारम खुला गरिएको छ । क्वालिटी फिल्मस्को कार्यालय अनामनगर र अनलाइनमार्फत पनि यो अवार्डको फारम भर्न सकिने अध्यक्ष गुरुङले बताएका छन् । अवार्डको फारम १५ साउनसम्म बुझाइसक्नुपर्ने र त्यसपछि चाँडोभन्दा चाँडो अवार्ड आयोजना गरिने पनि अध्यक्ष गुरुङले जानकारी गराएका छन् ।
सर्जकलाई सम्मान, गुणस्तरीय सिर्जनालाई प्रोत्साहन भन्ने नाराका साथ यो अवार्ड आयोजना हुन लागेको हो । अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिनेछ । गीत संगीततर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई यो अवार्ड प्रदान गरिनेछ । यस्तै चलचित्र विधाको पनि गीत संगीत, स्कृप्ट, अभिनय, निर्देशन जस्ता विधामा अवार्ड प्रदान गरिनेछ । फेसन विधामा फेसन स्टाइल, कस्ट्युम डिजाइन जस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरातर्फ पनि अवार्ड प्रदान गरिने भएको छ ।
यस इन्टररटेनमेन्ट अवार्डअन्तर्गत गीतसंगीत, म्युजिक भिडियो, चलचित्र, लघु चलचित्र, फेसन, मोडलिङ, सामाजिक अभियान जस्ता विविध विधामा अवार्ड प्रदान गरिने पनि क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङले बताएका छन् । यो अवार्डका लागि २०७६ वैशाख १ बाट २०७८ असार मसान्तसम्म रेकर्ड भएर सार्वजनिक रूपमा आएका गीतसंगीत, म्युजिक भिडियो, चलचित्र, लघु चलचित्र फेसन कार्यक्रम, मोडलिङ जस्ता विधाले भाग लिन पाउनेछन् ।






