Monday, September 27, 2021
Your Ads Here
Homeप्रमुखपृथ्वीमा ‘सन् २०५० सम्ममा ८ देखि १२ प्रतिशत पानीको मात्रा बढ्न सक्छ’

पृथ्वीमा ‘सन् २०५० सम्ममा ८ देखि १२ प्रतिशत पानीको मात्रा बढ्न सक्छ’

सविन शर्मा,
sharethis

 

काठमाडौं । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा ८ देखि १२ प्रतिशत वृद्धि हुनसक्ने विज्ञहरूले औंल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा यो आवस्था आउने विज्ञहरूले औंल्याएका हुन् ।

‘सन् २०५० सम्ममा अहिलेको हिसावले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा ८ देखि १२ प्रतिशत पानीको मात्रा वृद्धि हुन सक्छ,’ जलवायु परिवर्तनको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञ मञ्जित ढकालले भने, ‘अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन् २०५० सम्ममा पृथ्वीको तापक्रम थप १ दशमलव ३ डिग्री सेल्सियसदेखि १ दशमलव ८ डीग्री सेल्सियससम्म पुग्न सक्छ ।’

अहिलेसम्म पृथ्वीको तापमान (औद्योगिकीकरण समयपछि) करिब १ डिग्री सेल्सियस तापक्रम वृद्धि भइरहेको उनले बताए । उनले भने, ‘यस्तै हुने हो भने पृथ्वीको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियसले वृद्धि हुन सक्छ ।’

हिमाली क्षेत्रमा हिमनदीहरू धमाधम पग्लिँदै छन् र कतिपय हिमनदी लोप हुने अवस्थामा पुगेका छन् । विश्वमा पानी पर्ने तरिकामा व्यापक परिवर्तन आएको छ, आँधीहुरी र बढी गर्मी हुने घटना, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोप बढी दोहोरिन थालेका छन् ।

सन् २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित राख्ने प्रतिबद्धता जनाएको थियो । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपद्का घटना जलवायु परिवर्तनको प्रभावले भएको स्वच्छ ऊर्जा नेपालमा आबद्ध जलवायु परिवर्तन विज्ञ ढकालले बताए । उनका अनुसार नेपालमा भएका सुख्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरूको मुख्य कारण नै जलवायु परिवर्तन भएको हो । उनले नेपालमा ४५ वर्षको अवधिमा २ दशमलव ५ डिग्री सेल्सियस अधिकतम तापक्रम वृद्धि भएको बताए । न्यूनतम् तापक्रम भने न्यून मात्रामा वृद्धि भएको उनले बताए ।

‘हिमाली क्षेत्रको तापक्रम विश्वको सरदर वृद्धिभन्दा उच्च दरमा बढिरहेको छ । यो तापक्रम वृद्धिको प्रभाव हिमनदीमा परेको विभिन्न अध्ययन तथा अनुसन्धानले प्रस्ट पारिसकेको छ,’ विज्ञ ढकालले भने ।

स्वच्छ ऊर्जा नेपालसँगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालले जलवायु परिवर्तनको असरले पारेको जोखिम न्यूनीकरणमा सरकारले राम्रा काम पनि गरिरहेको बताए ।

उनले पूर्वसूचना प्रणाली जडान हुनै मानवीय क्षति न्यून भएको औंल्याए । नेपालजस्तो जटिल भौगोलिक बनावट भएको मुलुकले धेरै जोखिम बेहोर्नुपरेको उनको बुझाइ छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार नेपालमा करिब ३ हजार २ सय ५२ हिमनदी र २ हजार ३ सय २३ हिमताल छन् भने धेरै जसो हिमनदीको आकारमा परिवर्तन आइसकेको छ, जसमध्ये २० वटा हिमताल जोखिममा रहेका छन् ।

विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदी द्रुत गतिमा पग्लिँदै गइरहेका छन् । यसरी हिमालमा रहेको हिउँ छिटोछिटो पग्लिनाले हिमतालमा धेरै पानी जम्मा हुन जान्छ, यसैका कारण हिमतालको बाँधले पानी थेग्न नसकी हिमताल फुट्ने र तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउने खतरा हुन्छ । जसलाई अंग्रेजीमा ग्लफ (ग्लासियत लेक आउटब्रस्ट फ्लड) भनिन्छ । नेपालमा धेरैजसो पर्यटक हिमाल आरोहण र हिमशृंखलाको दृश्यावलोकनका लागि आउने हुनाले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रसमेत प्रभावित हुने सम्भावना छ ।

विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदी द्रुत गतिमा पग्लिँदै गइरहेका छन् । यसरी हिमालमा रहेको हिउँ छिटोछिटो पग्लिनाले हिमतालमा धेरै पानी जम्मा हुन जान्छ, यसैका कारण हिमतालको बाँधले पानी थेग्न नसकी हिमताल फुट्ने र तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउने खतरा हुन्छ

हिमाली भेगमा तीव्र गतिमा हिउँ पग्लिँदै जाँदा स्थायी हिउँ क्षेत्रको अभाव भई ठूला नदीहरू पनि अन्य नदीजस्तै वर्षे नदी बन्ने सम्भावना छ । यसले गर्दा जल र स्थलको परिस्थितिकीय प्रणालीमा असर पुग्नुका साथसाथै खानेपानी तथा सिँचाइका लागि पनि पानीको अभाव हुनेछ । यसै कारण नदीमा पानीको बहाव कम भई जलविद्युत् उत्पादनमा समेत प्रतिकूल असर पर्नुका साथै हिमताल विस्फोटबाट आउने बढीले जलविद्युत् आयोजनामा क्षति पु-याउन सक्नेछ ।

जलवायु परिवर्तनका कारण जलवायु जन्य प्रकोपको आवृत्ति र असरमा वृद्धि भइरहेको छ । उच्च हिमाली भेगमा हिमनदी खुम्चने, हिमताल वृद्धि हुँदै जाने र हिमताल विस्फोट हुने खतरा, हिम पहिरो आदि मुख्य प्राकृतिक प्रकोप हुन् । मध्य पहाडी जलवायु परिवर्तन क्षेत्रमा भेल पहिरो, नदी तटमा बाढी आउने, भूक्षय र असामान्य खडेरीजस्ता प्रकोप बढ्दै छन् ।

यसैगरी, खेत बस्ती डुबान, नदीको धार बदलिएर हुने बाढी, नदी तटीय क्षेत्रमा कटान र खडेरीले तराईलाई आक्रान्त पार्न सक्नेछन् । ‘बढ्दो तातोपनाको कारण विशेष गरेर झाडापखला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज इन्सेफलाइटिसजस्ता रोगमा वृद्धि हुन गई यसबाट हुने मृत्युदर बढ्दै गइरहेको छ,’ वातावरण पत्रकार राजेश घिमिरेले भने, ‘नेपालका तराई क्षेत्र यो समस्याबाट बढी पीडित हुन सक्नेछन् । बाढीपहिरोका घटनाको बेला शुद्ध पिउने पानीको अभावले धेरै मानिस पानीजन्य रोगबाट पीडित हुन सक्नेछन् ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चको अनुसार सन् १८८० देखि २०१२ सम्ममा पृथ्वीको औसत तापक्रम ०.८५ डिग्री सेल्सियसले बढिसकेको छ र यो क्रम जारी छ । पृथ्वीको आर्टिक क्षेत्रको समुद्री वरफ प्रतिदशक ३ प्रतिशतले घटिरहेको छ । यस्तै सन् १९०० देखि २०१९ को अन्त्यसम्मको समयावधिमा समुद्री सतह ०.१८ देखि ०.२ मिटरले बढेको छ ।

हिमाली क्षेत्रमा हिमनदीहरू धमाधम पग्लिँदै छन् र कतिपय हिमनदी लोप हुने अवस्थामा पुगेका छन् । विश्वमा पानी पर्ने तरिकामा व्यापक परिवर्तन आएको छ, आँधीहुरी र बढी गर्मी हुने घटना, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोप बढी दोहोरिन थालेका छन् । यी परिवर्तनले कृषि उत्पादन, वनजंगल तथा वन्यजन्तुलाई नराम्रो असर पारिरहेका छन् र समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ ।

भविष्यमा जलवायु परिवर्तनको असर कति र कस्तो हुनेछ भन्ने कुरा मानवीय क्रियाकलापमा नै निर्भर रहनेछ । जस्तो कि वायुमण्डलमा हरितगृह ग्याँसको मात्रामा कमी ल्याउन विकसित देशले कस्तो भूमिका खेल्नेछन् । विश्वमा खनिज इन्धनको सट्टामा नविकरणीय उर्जाको प्रयोग कति छिटो र कुन अनुपातमा बढ्नेछ । यीलगायतका विभिन्न पक्षले भविष्यको जलवायु परिवर्तनको स्थिति निर्भर हुनेछ ।

वैज्ञानिकहरूले विगतका जलवायु अवयव र भविष्यको परिदृष्यको आधारमा विभिन्न कम्प्युटर मोडल प्रयोग गरेर भविष्यमा हुने जलवायु परिवर्तनको मात्राको अनुमान निकालेका छन् । जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय मञ्चको अनुसार हरितगृह ग्याँस उत्सर्जन दरको मात्रा हेरी सन् २१०० भित्र पृथ्वीको औसत तापक्रममा ३ डिग्री सेल्सियस देखि ४ डिग्री सेल्सियस वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी नेपालको पनि औसत वार्षिक तापक्रम सन् २०३० सम्ममा १.४ डिग्री सेल्सियस, सन् २०६० सम्ममा २.८ डिग्री सेल्सियस वृद्धि हुने अनुमान गरिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

अकासे पानीमा भर पर्ने हाम्रो कृषि प्रणालीमा वर्षाको मात्रामा आउने उतारचढावले उत्पादन घट्न जानेछ । त्यसैगरी जलवायु र वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बालीे चक्रको सन्तुलनमा खलल पुग्न जान्छ । भूक्षय र बाढी पहिरोका कारण माटोको उर्वरा शक्ति घट्न गई कृषि उत्पादनमा ह्रास आउँछ । यसैगरी नयाँ खालका कीटाणु तथा रोगव्याधि निस्किएर बालीनालीलाई क्षति गर्नेछ ।

परिवर्तित जलवायुमा आफ्नो र समुदायको जीवनयापन सहज र सुलभ बनाउन त्यहीअनुसार गरिने विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरू नै अनुकूलन हो । बाढीपहिरो नियन्त्रणका क्रियाकलाप सञ्चालन गर्ने र समुदायलाई वैकल्पिक जीविकोपार्जनका उपायको खोजी गर्ने कामलाई अनुकुलनको अभ्यासको रुपमा लिन सकिन्छ । यस्तै जैविक विविधताको संरक्षणको साथसाथै बाली लगाउने ढाँचामा परिवर्तन गर्ने तथा परिवर्तित जलवायुसँग प्रतिरोध गर्न सक्ने बालीका जातको विकास गर्ने अभ्यासलाई अनुकूलनको अभ्यास मान्न सकिन्छ ।

परिवर्तित जलवायुमा अनुकूलतापूर्वक बाँच्नका लागि स्थानीय व्यक्तिले अवलम्बन गरेका कार्यको पहिचान गरी त्यसको विकास तथा आदानप्रदान गर्ने काम सरकारले गरिरहेको छ । स्वच्छ उर्जा नेपालले पनि अनुकूलनसंग सम्बन्धित विभिन्न कोषलाई जोखिमपूर्ण अवस्थामा रहेका समुदायसम्म पु-याउन स्थानीय, क्षेत्रीय र राष्ट्रिय संयन्त्र र संस्थागत संरचनाको विकास गर्ने कामा पैरवी गरिरहेको छ ।

जलवायु र वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बालीे चक्रको सन्तुलनमा खलल पुग्न जान्छ । भूक्षय र बाढी पहिरोका कारण माटोको उर्वरा शक्ति घट्न गई कृषि उत्पादनमा ह्रास आउँछ । यसैगरी नयाँ खालका कीटाणु तथा रोगव्याधि निस्किएर बालीनालीलाई क्षति गर्नेछ

जलवायुसम्बन्धी जनचेतना अभिवृद्धि, शैक्षिक क्षेत्रमा यसको पाठ्यक्रमको विकास र विभिन्न सरोकारवालाबीचको सहकार्य र समन्वयलाई प्रोत्साहन गर्ने कामलाई पनि अनुकूलनको अभ्यासको रुपमा लिन सकिने स्वच्छ उर्जा नेपालका वरिष्ठ अधिकृत लालमणी वाग्ले बताउँछन् । जलवायु परिवर्तनलाई सम्बोधन गर्ने परम्परागत सीप, ज्ञान, प्रविधि र प्रयोगको अभिलेख तयार पारी आवश्यक विकास र प्रवद्र्धन गरेर व्यवहारमा ल्याउने काम अहिले सञ्चालन भइरहेका छन् ।

ऊर्जाका लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवं कोइरालाको प्रयोगमा कम गर्न सकिन्छ । नवीकरणीय ऊर्जा जस्तै ः सौर्य ऊर्जा, जलविद्युत्, वायुशक्ति, बायो ग्यास, भूताप आदिको प्रवद्र्धन गरी उपयोग गरेमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिन्छ । बोटबिरुवाले वायुमण्डलमा भएको कार्बनडाइअक्साइड ग्यास सोस्ने हुनाले वनजङ्गलको संरक्षण गर्ने र नांगो जमिनमा वृक्षरोपण गर्ने कामले अनुकूलनमा ठूलो मद्दत पुगिरहेको छ ।

स्वच्छ ऊर्जाद्वारा सञ्चालन गर्न सकिने उपकरण, सवारी साधनको प्रयोगमा जोड दिनाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न सकिन्छ । सरकारले यस वर्षको बजेटमा पनि विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ । यसैगरी, फोहरमैलाको पुनः नवीकरण र पुनः प्रयोग गरी उचित व्यवस्थापन गर्ने कामले पनि जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्दछ ।

तपाइको प्रतिक्रिया

(Visited 212 times, 1 visits today)

आजको समाचार

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

काठमाडाैं ।  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा...

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

साताका लोकप्रिय समाचार

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

काठमाडाैं ।  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ । आइतबार...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

  बुटवल । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

ट्रेन्डिङ

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)