Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशवडाध्यक्षको रिहाई माग गर्दै प्रदर्शन

वडाध्यक्षको रिहाई माग गर्दै प्रदर्शन

राजधानी समाचारदाता,
sharethis

 

धनकुटा । धनकुटाको पाख्रीबासमा मंगलबार संयुक्त लोकतान्त्रिक गठबन्धनले विरोध प्रदर्शन गरेको छ । पाख्रीवास नगरसभामा भएको तोडफोड घटनामा दायर गरिएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्ष सोवित निरौलाको रिहाई माग गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।

झुटो मुद्दा फिर्ता गर, गिरफ्तार गरिएका वडाअध्यक्षलाई निःशर्त रिहाई गर लगायत नारा लगाउँदै बजारमा प्रदर्शन गरेका हुन् । उनीहरुले नगरपालिका कार्यालय घेराउ गरेर पनि प्रदर्शन गरेका छन् । प्रदर्शनपछि पाख्रीवास बजारमा कोणसभा गरिएको छ । सभालाई संवोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य हेमचन्द्र किराती, नेकपा एमाले माधव समुहका जिल्ला अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका उपाध्यक्ष पार्वती राई लगायतले मुद्दा फिर्ता गरेर वडाध्यक्षलाई तत्काल विना सर्त रिहाई गर्न माग गरेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले असार १० गते पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा हुलदंगा र तोडफोड गरेका थिए । तोडफोडबाट आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौं कुर्सी तोडफोड भएका छन् ।

घटनामा संलग्न भएको भन्दै पाख्रीवास नगरपालिकाको तर्फबाट १५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ । प्रहरीमा उजुरी परेपछि पाख्रीवास–४ का वडाध्यक्ष सोवित निरौलाले गत बिहिबार प्रहरी समक्ष गिरफ्तारी दिएका छन् । वाँकी १४ जना भने फरार छन् । उनीहरु विरुद्ध दर्ता भएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्ष निरौलालाई विना सर्त रिहाई गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

तपाइको प्रतिक्रिया

(Visited 167 times, 1 visits today)

आजको समाचार

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

साताका लोकप्रिय समाचार

मिसेस नेपाल वल्डमा पनि नेपालकाे सहभागिता

  काठमाडौं । विगत दुई दशकभन्दा लामो समयदेखि नेपालले मिस वल्र्डमा सहभागिता जनाएर विश्व सुन्दरीबीच नेपाली सुन्दरीलाई पनि चिनाउँदै आएको छ । पहिलोपटक विवाहित महिलाहरूको...

पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला

  जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा साेमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेकाे छ । धनुषाधाम नगरपालिका– २ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया...

संविधानको मर्म मिच्दै संविधान दिवस !

हिजो मात्र हामीले हाम्रो सातौं संविधान दिवस मनायौं । राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूले शुभकामना दिए । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

ट्रेन्डिङ

विश्रामपुरका स्थानियमाथी एसएसबीको आक्रमण

बारा । बारामा विवाद हुदाँ १२ जना सामान्य घाईते भएका छन । विश्रामपुर गाउपालिका वडा नम्वर ४ बलिरामपुरमा स्थानियवासी र भारतिय सीमा सुरक्षा जवान...

विपक्षी गठबन्धनकाे बैठक बस्दै,ओलीविरुद्ध एकजुट भएर लड्ने

काठमाडाैं ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पाँच पार्टीको संयुक्त बैठक बस्ने भएको छ। शनिबार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)