माेदीले देउवालाई फाेनमा बधाई दिँदै खाेप सहयाेगकाे आश्वासन दिए

 

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विटरमार्फत जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान