Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking Newsएमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

सुभाष साह,
sharethis

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले अधिकतम लचकता अपनाएर भए पनि एकताबद्ध बनाउने निर्णय गरेको एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

४ साउनदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको विकास, यसका अन्तरसंघर्ष र पछिल्लो समय आन्दोलनमा हुर्किंदै गएका विभिन्न स्वरूपका अवसरवादको आलोचना, खण्डन र भण्डाफोर गर्ने काम एमालेले गर्नेछ ।

पार्टी सदस्यता नवीकरणका साथै योग्यता पुगेकाहरूलाई नयाँ सदस्यता वितरणमा तीव्रता दिने निर्णय बैठकले गरेको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सदस्यता आवेदन, अद्यावधिक र नवीकरणमा सहजता, पारदर्शिता र तीव्रता दिने निर्णय बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताए ।

मुुलुकमा नयाँ संविधान, नयाँ राजनीतिक व्यवस्था र संघीय प्रणाली लागू भइसकेको परिप्रेक्ष्यमा पार्टी निर्माणका यावत् प्रश्नबारे बहस गर्न र नयाँ अवधारणा विकास गर्न विधान अधिवेशन आयोजना गर्ने ।

आगामी असोज महिनाअगावै देशका सबै वडा तथा पालिका तहमा पार्टी अधिवेशन सम्पन्न गर्ने र स्थानीय तहको निर्वाचनको तयारीमा जुटने निर्णय बैठकले गरेको छ । यस्तै, बैठकले पार्टी एकताका लागि विघठित कार्यदलले बुझाएको १० बुँदे प्रस्तावको कार्यान्वयनसँगै पार्टीको संगठनात्मक व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

पार्टी एकताको अभियानमा जोडिएका विभिन्न नेता कार्यकर्ताहरूको संगठनात्मक व्यवस्थापनको काम यथाशीघ्र सम्पन्न गर्दै त्यस क्रममा आएका पार्टी सदस्यको अभिलेख एकीकृत र अद्यावधिक गरिने भएको छ ।

‘पार्टीको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पु¥याउन मुख्य भूमिका खेल्ने तŒव र प्रवृत्तिको दृढतापूर्वक मुकाबिला गर्दै पार्टीलाई सुदृढीकरण एवं शुद्धीकरण गर्ने’ बैठकपछि प्रवक्ता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टी सदस्यता र कमिटीगत संरचनाका महिलाहरूको न्यूनतम एक तिहाइ सहभागिता र श्रमजीवी, दलित, आदिवासी जनजाति, मुस्लिम, थारू, अल्पसंख्यक समुदाय र युवाको सहभागिता अभिवृद्धिको काम योजनाबद्ध ढंगले अगाडि बढाउने योजना एमालेले बनाएको छ ।

भ्रष्टाचार, आर्थिक अनियमितता, यौन हिंसा, जातीय छुवाछुत र विभेदलगायत विकृतिविरुद्ध प्रभावकारी सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गर्ने र पार्टी पंक्तिलाई यस्ता विकृतिबाट मुक्त राख्ने रणनीति एमालेले बनाएको छ ।

जनवर्गीय संगठनहरूलाई पार्टीको वर्गीय मोर्चा र सम्बद्ध वर्ग÷समुदायको भरोसायोग्य नेताका रूपमा स्थापित गर्न वैचारिक, संगठनात्मक र शैलीगत रूपमा प्रभावकारी बनाउने निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित संगठनका केन्द्रीय बैठक तथा राष्ट्रिय महाधिवेशन÷सम्मेलन अविलम्ब गर्ने तयारी गर्न निर्देशन दिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

बैठकले सर्वोच्च अदालतको फैसला र त्यसले सिर्जना गरेको राजनीतिक स्थितिलाई संविधानको अपव्याख्या एवं विभिन्न स्वार्थ–समूहहरूको गठबन्धनको बलमा मुलुकमा अगाडि बढेको सामाजिक–आर्थिक रूपान्तरणको अभियानलाई अवरुद्ध गर्ने र राष्ट्रिय राजनीतिलाई पछाडि फर्काउने कदमका रूपमा विश्लेषण गरेको छ ।

यस घटनाले मुलुकको कम्युनिस्ट आन्देलन, लोकतान्त्रिक प्रणाली, संवैधानिक सुव्यवस्था र जनताको सर्वोच्चतामाथि चुनौती खडा गरेको निष्कर्षका साथ बैठकले यस परिस्थितिको संवैधानिक, लोकतान्त्रिक र जनपरिचालनका विधिबाट सामना गर्ने अठोट गरेको छ ।

स्वार्थहरूको गठजोड एवं ईष्या, कुण्ठा र प्रतिशोधको भावनामा उभिएको वर्तमान अवसरवादी गठबन्धनले मुलुकको समस्या समाधान गर्न नसक्ने, बरु यसले मुलुकलाई पश्चगामी दिशातिर फर्काउन सक्ने आशंकाका साथ बैठकले नेकपा (एमाले)लाई जनमतको बलमा राष्ट्रिय राजनीतिको नेतृत्वदायी स्थानमा स्थापित गर्ने संकल्प पनि गरेको छ ।

‘२०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा गरिएको फैसलाले नेपालको संविधानको अक्षर र भावना, हामीले अवलम्बन गरेको बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त तथा सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको संविधानको आधारभूत प्रस्थापनामाथि आँच पु¥याउँदै तिनलाई कमजोर तुल्याएको छ’ एमाले केन्द्रीय कमिटीको निष्कर्ष रहेको छ ।

निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधान अप्रत्यक्ष रूपमा संशोधन भएको एमालेको ठहर छ । सर्वोच्चको फैसलाबाट सिर्जित राजनीतिक विकृतिको मूल्य नेपालको लोकतान्त्रिक प्रणालीले भविष्यमा लामो समयसम्म चुकाउनुपर्ने आशंकाका कारण एमाले गम्भीर र चिन्तित छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

यस्तै, बैठकले पार्टी नेतृत्वको सरकारले गरेका महŒवपूर्ण कामलाई जनताबीच स्थापित गर्दै पार्टीको पक्षमा जनमत अभिवृद्धि गर्ने भएको छ । जनताको हित र सरोकारसँग जोडिएका सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दामा पार्टीको तर्फबाट अगुवाइ गर्ने, पार्टीलाई सामाजिक रूपान्तरणको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने निष्कर्ष बैठकको छ ।

बैठकलाई समापन गर्दै अध्यक्ष ओलीले पार्टीको एकताको रक्षाका लागि आफ्नो तर्फबाट हरसम्भव कोसिस हुने बताए । पार्टीमा सकारात्मक योगदान गर्ने सबैलाई विगतका गल्तीप्रति उन्मुक्ति दिँदै काम गर्ने वातावरण निर्माण गरिने तर अन्तरघात र आन्दोलनलाई अन्तरध्वंश गर्ने प्रवृत्ति भने क्षम्य नहुने कुरा ओलीले स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 23 times, 1 visits today)

आजको समाचार

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

  अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

साताका लोकप्रिय समाचार

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ चैत २५ मा रिलिज हुने

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा...

यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिललाई

न्यूयोर्क । यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेबले जितेका छन् । नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेब यूएस ओपनको नयाँ च्याम्पियन बनेका...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

टिकटक बनाउँदा सेती नदीमा खसेकी युवती बेपत्ता

  तनहुँ । तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका- ८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी...

चरी जेलैमाकाे नयाँ रेकर्ड

  काठमाडाैं । गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युवमा नयाँ कीर्तिमान कायम गरेकाे छ ।  रिलिज भएको एक महिना नपुग्दै उक्त गीतले...

ट्रेन्डिङ

राष्ट्रिय बालदिवसको औचित्य

संयुक्त राष्ट्रसंघले सन १९८९ माजारी गरेको बालअधिकारसम्वन्धी माहासन्धीलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात् २०४७ साल भाद्र २९ गते अनुमोदन गरेको थियो । सोही...

शैलुङ चिनाउन म्युजिक भिडियो

काठमाडौं । दोलखाको सुन्दर शैलुङ क्षेत्रलाई चिनाउने उद्देश्यले नयाँ गीत ‘मेरो शैलुङ गाउँ’ स्रोतामाँझ ल्याइएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच गीत मेरो गाउँ...को...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)