Friday, September 24, 2021
Your Ads Here
HomeBreaking Newsकोरोना महामारीमा पनि मोबाइल विक्रेता मालामाल

कोरोना महामारीमा पनि मोबाइल विक्रेता मालामाल

मधुजंग पाण्डे,
sharethis

काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि आर्थिक वर्ष २०७७÷७८ मा मोबाइल विक्रेता व्यवसायी मालामाल भएका छन् । भन्सार विभागका अनुसार गत आवको कोरोना कहरबीच छोटो समयमा पसल खुलाइएको बेलामा पनि उनीहरूले राम्रो आम्दानी गरेका छन् ।

गत आव २०७७/७८ को असार मसान्तसम्ममा करिब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल सेट आयात भएको थियो । गत आवको एक वर्षको अवधिमा कुल ७० लाख ३० हजार ३ सय ६६ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । विभिन्न मुलुकबाट औपचारिक माध्यमबाट नेपाल भित्रिएका सो संख्याको मोबाइल सेट आयातबाट गत आवमा सरकारले मोबाइल आयातबाट मात्र झन्डै ६ अर्ब रुपैयाँको भन्सार संकलन गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकको आधारमा अघिल्लो आव २०७६/७७ को तुलनामा गत आव २०७७/७८ मा दोब्बर मूल्यबराबरको मोबाइल सेट आयात भएको देखिन्छ । यो अवधिमा नेपाल भित्रिएका मोबाइल सेटको संख्या पनि अघिल्लो आवको भन्दा गत आवमा साढे २६ लाख थानभन्दा बढी भित्रिएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार अघिल्लो आव २०७६/७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँबराबरको कुल ४३ लाख ६५ हजार ९ सय ९० थान मोबाइल सेट आयात भएको थियो । गत आवमा सो संख्याको ठ्याक्कै डबल बढी मोबाइल सेट नेपाल भित्रिएको छ ।

यसकारण बढी आयात

गत आवमा कोरोना महामारीका कारण स्कुले विद्यार्थीदेखि बैंक, अफिसका कर्मचारीलगायत हरेक क्षेत्र सूचना प्रविधिकै भरमा पर्नुपर्ने बाध्यात्मक अवस्थाले गत आर्थिक वर्षमा विगतका वर्षहरूको भन्दा धेरै मोबाइल सेट, ल्यापटप र ट्याब्लेट आयात भएको विभागले जनाएको छ ।
स्कुल, कलेजका विद्यार्थीको अनलाइन पढाइ र अफिसमा काम गर्ने कर्मचारीको ‘वर्क फम होम’ र अन्य गतिविधि पनि अनलाइन तथा जुमबाट नै भइरहेकाले अहिले मोबाइल सेटलगायत विभिन्न नयाँ डिभाइसको माग अत्यधिक बढेका कारण कोरोना महामारीको असहज अवस्थामा पनि यति धेरै संख्यामा मोबाइल सेट आयात भएको विभागले जनाएको छ । उच्च मागका कारण अघिल्लो आवको तुलनामा गत आवमा मोबाइल सेट आयात र भन्सार महसुल पनि बढेको विभागको भनाइ छ ।
कोरोना महामारी सुरु भएदेखि विस्तारै सुरु भएको शैक्षिक गतिविधि अहिले पनि भर्चुअल माध्यमबाट भइरहेकाले मोबाइल सेटको माग उच्च रहेको सम्बन्धित मोबाइल विक्रेताको भनाइ छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले कोरोना महामारीका कारण अहिले स्कुले विद्यार्थीदेखि हरेक क्षेत्र सूचना प्रविधिकै भरमा पर्नुपर्ने बाध्यात्मक अवस्थाले गत आर्थिक वर्षमा विगतका वर्षहरूभन्दा धेरै मोबाइल सेट, ल्यापटप र ट्याब्लेट आयात भएको बताए । उनले हाल बजारमा नयाँनयाँ भर्सन भएका मोबाइल सेटको माग बढिरहेको बताए ।

दुई गुणा बढी भन्सार महसुल

विभागको तथ्यांकअनुसार अघिल्लो आव २०७६/७७ मा सरकारले मोबाइल आयातबापत २ अर्ब ८७ करोड ९१ लाख ४२ हजार रुपैयाँ मात्रै भन्सार महसुल संकलन गरेकोमा अहिले त्यसको डबल भन्सार महसुल उठेको छ ।

विभागका अनुसार गत असार महिनामा मात्र २ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यबराबरका ४ लाख ७६ हजार ४३ थान मोबाइल सेट आयात भएको छ । कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै बजारमा मोबाइल सेटको माग बढेर आयात र बिक्री ह्वात्तै बढेको हो । गत असारको एक महिनाको अवधिमा मात्र सरकारले ४३ करोड ६२ लाख २७ हजार रुपैयाँ मोबाइल सेट आयातबाट भन्सार संकलन गरेको भन्सार विभागले जनाएको छ ।

नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले अहिले सरकारले अवैधानिक रूपबाट आउने मोबाइल सेटको आयातमा समेत केही कडाइ गरेका कारण भन्सार महसुल पनि विगतका वर्षहरूको तुलनामा निकै बढेको जानकारी गराए ।
चीनबाट सबैभन्दा बढी

एकवर्षको अवधिमा विभिन्न मुलुकबाट आयात भएका मोबाइल फोनमध्ये गत आव २०७६/७७ मा सबैभन्दा धेरै मोबाइल सेट चीनबाट भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा २२ अर्ब ८३ करोड रुपैयाँबराबरको ५७ लाख ७५ हजार थान मोबाइल सेट चीनबाट भित्रिएको छ । यसैगरी, भारतबाट १२ अर्ब ५० करोड रुपैयाँबराबरको साढे ९ लाख थान मोबाइल सेट भित्रिएको छ । त्यसैगरी, भियतनामबाट १ अर्ब २६ करोड रुपैयाँबराबरको करिब ३ लाख थान मोबाइल सेट भित्रिएको तथ्यांक विभागसँग छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

यसैगरी, नेपालमा अमेरिका, युरोपदेखि खाडी मुलुकबाट पनि मोबाइल सेट भित्रिने गरेको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 81 times, 1 visits today)

आजको समाचार

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

  काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि...

साताका लोकप्रिय समाचार

राजनीतिमा परिवर्तनको अपिल गर्दै विश्वप्रकाशले सार्वजनिक गरे २४बुँदे अवधारणा पत्र

  काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट...

एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

  काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

ट्रेन्डिङ

आगलागीमा गाईको मृत्यु

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका ७ विर्तामा भएको आगलागीमा एक गाईको बाच्छीको मृत्यु संगै करीब ५ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट...

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)