Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking Newsजसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

सुभाष साह,
sharethis

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए ।

दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश यादव र सुशीला श्रेष्ठ छन् । बैठकले पार्टी कार्यालय सचिव तथा कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीलाई निर्वाचन आयोग र अदालत मुद्दा–मामिला हेर्ने जिम्मेवारी दिने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णय पनि भएको छ ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय बैठकले गरेको छ । बैठकको निर्णयअनुसार प्रदेश सांसदहरू विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निष्कासन गर्न पत्र पठाइने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

पार्टीमा लामो समयदेखिको आधिकारिता विवाद सोमबार निर्वाचन आयोगले ‘हेट काउण्ट’ गर्दै टुंगो लगाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिता पाएपछि मंगलबार कार्यकारिणी समिति बैठक बसेको हो । यसैबीच, आधिकारिता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपा आधिकारिता नपाएपछि ठाकुर पक्षको मंगलबार संसद्ीय दल र कार्यकारिणी समिति बैठक बसेको थियो ।

बैठकपछि नेता लक्ष्मणलाल कर्णले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने जानकारी दिए । आयोगको निर्णयबारे थप कानूनी सल्लाह लिनेक्रम जारी रहेको बताउँदै उनले आयोगले नै आफूहरूको पार्टी विभाजन गरेको आरोपसमेत लगाए । ‘हाम्रो कानुनले के भन्छ, उसैको फैसला अन्तिम हुन्छ ।

अन्तिम भएको कारणबाट पुनरावेदन लाग्दैन, सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार पावरभित्र फेरि जाने सोचेका छौं,’ कर्णले भने, ‘सँगै बस्ने अवस्था पनि छैन । सँगै बस्ने वातावरण त निर्वाचन आयोगले नै दिएन नि ! ३४ र १६ त भनिदियो । अलग–अलग हौं भनिदियो नि ! यो फैसलाको आलोचना, छलफल गर्छौं । यसमाथि हामी सर्वोच्च जान्छौं ।’

तपाइको प्रतिक्रिया

(Visited 144 times, 1 visits today)

आजको समाचार

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

साताका लोकप्रिय समाचार

इन्डोप्यासिफिक रणनीति र एमसीसी : नेपाललाई चुनौती

  यतिबेला नेपालमा इन्डोप्यासिफिक रणनीति र एमसीसी सम्झौताको विषयलाई लिएर बहस, विवाद र आन्दोलन भइरहेको छ । नेपाल शान्तिका अग्रदूत बुद्ध जन्मेको देश हो ।...

१६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट

काठमाडौं । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक...

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ चैत २५ मा रिलिज हुने

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा...

प्रेस काउन्सिलले घोषणा गर्‍यो विभिन्न पुरस्कार

  काठमाडौं । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी...

नेपालको कीर्तिमानी जित

काठमाडौं । लेग स्पिनर सन्दीप लाछिमानेको घातक बलिङसँगै नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो ओडीआई खेलमा कीर्तिमानी जित हात पारेको छ । नेपालले पीएनजीलाई १...

ट्रेन्डिङ

वडाध्यक्षसहित नेकपाका दुई नेता निलम्बन

कालिकोट । सडक निर्माणका विषयमा विवाद हुँदा, गाउँपालिका अध्यक्षलाई ढुङ्गा प्रहार गरी घाइते गर्ने वडा अध्यक्ष र नेकपा गाउँ कमिटी अध्यक्षलाई नेकपा कालिकोटले निलम्बन...

काठमाडौं उपत्यकामा थपिए ६३७ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमध्ये काठमाडौँका ४९२,...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)