अनिल खनालकाे नाँच संगी बजारमा

 

काठमाडाैं ।   गीतकार अनिल खनालको तीज गीत ‘नाच संगी’ बजारमा आएको छ। गीतकार अनिल खनालको शब्द रहेको गीतमा दिपेन्द्र बुढा क्षेत्रीले संगीत र एरेन्ज गरेका छन्।

गीतकार खनालले, “गीतमा तीजै गीत गाउन साथी–संगी जम्मा, मायालुको लाज मान्दै नाँचे छम्म छम्म, म मादल बजाउनी मायालुले गाउनी, आफ्नै मुटुसँग पनि कनि हो लजाउनी, गरिन्छ है यो तीजमा रमाइलो गरिन्छ, नाच संगी नाच लाज माने त हारिन्छ” जस्ता गाउँले परिवेशका शब्दहरु टपक्क टिपेर गीत तयार पारेका छन् ।

गायिका टीका प्रसाईं र गगन सिंहले स्वर दिएको गीतको म्युजिक भिडियोमा साया भन्डारी, दुर्गा तामाङ, अरुण श्रेष्ठ र काजी एसिको नृत्य रहेको छ। उक्त म्युजिक भिडियो निरेन श्रेष्ठले, छायांकन रामकृष्ण चौलागाईंले र सम्पादन सुजन कोइरालाले गरेका छन् ।

पछिल्लो पटक गीतकार खनालले आशा बिसीसँगको सहकार्यमा मौलिक तीज गीत ‘छोरीको करिम’ बजारमा ल्याएका थिए । उक्त गीतमा आशा बिसीले सुमधुर स्वर दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार